Nepal Life

विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि, कुल रकम १० खर्ब ५१ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Apr 09 17:38
विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि, कुल रकम  १० खर्ब ५१ अर्ब नाघ्यो
National Life

काठमाडौं, वैशाख २७ — चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालले प्राप्त गरेको विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई रु. १०५१ अर्ब ७७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १८.३ प्रतिशत थियो।

Shikhar
NIMB

अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले बढ्दै ७ अर्ब ७४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर १६.१ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, समीक्षा अवधिमा कुल खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ११४८ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आय रु. १०४१ अर्ब ९९ करोड थियो।

यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ। अघिल्लो वर्ष यो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ थियो।

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान महत्वपूर्ण मानिँदै आएको छ। श्रमिक आप्रवासन तथा विप्रेषण वृद्धिका पछाडि खाडी मुलुकहरूमा रोजगारीका अवसर, अभावग्रस्त नेपाली बजार, र विदेशी मुद्रामा स्थायित्वले योगदान पुर्‍याएको अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया