NIMB Header 2
Nepal Life

आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब हुँदा राजस्व संकलन केवल ७ खर्ब २० अर्ब मात्रै

National Life
  • BFIS News
  • 2025 Apr 09 17:48
आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब हुँदा राजस्व संकलन केवल ७ खर्ब २० अर्ब मात्रै
Sanima Reliance

काठमाडौं, २७ चैत — नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल रु. ८३९ अर्ब ३६ करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालयका अनुसार यो अवधिमा चालु खर्च सबैभन्दा बढी अर्थात् रु. ५८४ अर्ब १३ करोड पुगेको छ। त्यस्तै, पुँजीगत खर्च रु. ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्थापन अन्तर्गतको खर्च रु. १७२ अर्ब ८९ करोड रहेको छ।

Shikhar
NIMB

उक्त अवधिमा सरकारको कुल राजस्व परिचालन भने रु. ७२० अर्ब ३५ करोड पुगेको छ। योमध्ये कर राजस्व रु. ६३८ अर्ब ८० करोड र गैरकर राजस्व रु. ८१ अर्ब ५५ करोड रहेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार २०८१ फागुन मसान्तसम्म नेपाल राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा जम्मा नगद मौज्दात रु. ३९२ अर्ब ३६ करोड रहेको छ। गत २०८१ असार मसान्तमा यो मौज्दात रु. ९३ अर्ब ९६ करोड मात्र थियो।

प्रदेश सरकारको तर्फबाट समीक्षा अवधिमा कुल रु. ६८ अर्ब ५ करोड खर्च गरिएको छ। सो अवधिमा प्रदेश सरकारहरुले कुल रु. ११८ अर्ब ९५ करोड स्रोत परिचालन गरेका छन्। यसमा नेपाल सरकारबाट प्राप्त अनुदान तथा विभाज्य कोषबाट प्राप्त राजस्व रु. ९५ अर्ब ३३ करोड र प्रदेश सरकार आफैंले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु. २३ अर्ब ६२ करोड समावेश छन्।

सरकारी खर्च र राजस्वको यो विवरणले आठ महिनामा खर्चको अनुपात राजस्वभन्दा बढी देखाएको छ। यद्यपि सरकारको मौज्दात नगद बढ्दै गएको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया