NIMB Header 2
Nepal Life

अर्थमन्त्री समक्ष आगामी बजेटका लागि उद्योग क्षेत्रको सुझाव: लोडसेडिङ, भन्सार दर र कर नीतिमा सुधारको माग

National Life
  • BFIS News
  • 2025 Apr 09 18:53
अर्थमन्त्री समक्ष आगामी बजेटका लागि उद्योग क्षेत्रको सुझाव: लोडसेडिङ, भन्सार दर र कर नीतिमा सुधारको माग
Sanima Reliance

विराटनगर, ​​​​​चैत २७ । आगामी आर्थिक वर्षको संघीय बजेट तयारीको सन्दर्भमा उद्योग व्यवसाय क्षेत्रका विविध पक्ष समेटिएको सुझावपत्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उद्योग संगठन मोरङको तर्फबाट बुझाइएको छ।

Shikhar
NIMB

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठी, र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मंगलबार काठमाडौंमा अर्थमन्त्रीसँग भेट गरी विस्तृत छलफल गर्दै आगामी बजेटमार्फत उद्योग क्षेत्रका चुनौती समाधान गर्न आग्रह गरेका हुन्।

छलफलका क्रममा अध्यक्ष सुरानाले हालसम्म पनि उद्योगहरू ६ देखि ८ घण्टासम्म लोडसेडिङको मारमा परेको भन्दै प्रसारण लाइन लगायत पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने माग गरे। उनले जलाशययुक्त आयोजना निर्माणमा पूरै ध्यान केन्द्रित गर्न, उद्योगी व्यवसायीलाई राज्यले तिर्नुपर्ने भुक्तानीमा छुट, सहुलियत र निर्यात अनुदान समेत उपलब्ध गराउनु पर्ने भन्दै आग्रह गरेका छन् । 

उनले नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न, उधारो कारोबारको व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनसमेत जोड दिए। साथै, कुल व्यापार लागतमा ३० प्रतिशतभन्दा बढी रहेको लजिस्टिक खर्च घटाउन विराटनगर कार्गो रेल सञ्चालनका लागि हेन्डलिङ शुल्क परिमार्जन गरिनुपर्ने धारणा व्यक्त गरे।

अध्यक्ष सुरानाले भन्सार दरको असमानतालाई पनि औंल्याउँदै समान प्रकृतिका कच्चा पदार्थ र तयारी वस्तुमाथि एउटै दर कायम गर्न सुझाव दिए। उनले आयकर ऐन २०५८ को दफा ५७ संशोधन गरी आर्थिक संकटमा परेका लघु, घरेलु, साना तथा मझौला उद्योगमा पूँजी थप गर्न सहज वातावरण सिर्जना गर्नुपर्ने बताए। साथै, स्टार्टअप व्यवसायमा अनुदानको रुपमा दिइने बीउ पूँजीलाई आयकर छुटको व्यवस्था अन्तर्गत ल्याउन पनि आग्रह गरे।

मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले देशको हालको आर्थिक सुस्तता र व्यवसायिक निराशालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन अर्थमन्त्रीसँग आग्रह गरे।

प्रतिनिधिमण्डलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, मोरङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नविन रिजाल र उपाध्यक्ष अनिल सारडाको पनि सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया