NIMB Header 2
Nepal Life

संङ्गठित अपराधको दुरुत्साहन कसुरमा दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 11 13:28
संङ्गठित अपराधको दुरुत्साहन कसुरमा दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ
Everest Bank

काठमाडौं, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिए । 

Shikhar
NIMB

यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिइए आवश्यक अनुसन्धनका लागि काठमाडौं ल्याइँदै गरेको प्रवक्ता आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनकुनेमा पूर्व राजाको समर्थनमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटना लगत्तै प्रसाई फरार भएका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया