Nepal Life

नेशनल लाइफमा बीमा गर्ने मालामाल, १६ वर्षमै बीमाङ्कको दोब्बर, २१ वर्षमा २.४७ गुणा र २६ वर्षमा ३.२१ गुणा हुने

RBB
  • BFIS News
  • 2025 Apr Fri 21:12
नेशनल लाइफमा बीमा गर्ने मालामाल, १६ वर्षमै बीमाङ्कको दोब्बर, २१ वर्षमा २.४७ गुणा र २६ वर्षमा ३.२१ गुणा हुने
Shikhar detail

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्ने बीमितले १६ वर्षमै बीमाङ्कको दोब्बर भुक्तानी पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को बीमाङ्कीय मूल्याङ्कन पछि सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर पाएका छन् । नेपालमा विद्यमान बीमा कम्पनीहरु मध्ये नेशनल लाइफका बीमित सर्वाधिक धेरै मालमाल भएका छन् । कम्पनीले यस वर्ष मात्रै होइन विगत धेरै वर्ष अगाडीदेखि सर्वाधिक आकर्षक बोनसदर सार्वजनिक गर्दै आएको छ ।

NIMB

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार नेशनल लाइफका बीमितले १६ वर्षमै बीमाङ्कको दोब्बर भुक्तानी पाउनेछन् । त्यस्तै २१ वर्षको अवधिमा २.४७ गुणा र २६ वर्षको अवधिमा बीमाङ्कको ३.२१ गुणा बढी भुक्तानी पाउनेछन् । प्रायः जुनसुकै बीमा कम्पनीमा बीमाङ्कको दोब्बर हुन कम्तिमा पनि २० वर्ष अवधिको बीमा गराउनु पर्छ तर नेशनल लाइफमा १६ वर्ष अवधिको बीमा पोलिसी खरिद गर्नेले पनि दोब्बर भुक्तानी पाउन सक्नेछन् ।

यस्तो छ बोनसदर गणना विधि

बोनस दर सामान्यतया प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै, ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख बीमाङ्कमा ८५ रुपैयाँले गुणान गरी र त्यसलाई एक हजारले भाग गर्दा हुन आउने ८५ हजार रुपैयाँ प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।

मानौ,  कुनै व्यक्तिले नेशनल लाइफमा १० लाख रुपैयाँको सावधिक जीवन बीमालेख खरिद गरेको रहेछ, जसको बीमा अवधि २६ वर्ष रहेछ र बीमा कम्पनीले २६ वर्षसम्म एकनास बोनसदर ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गर्दै गयो भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।

नोटः उदाहरणमा देखाइएको अंक केवल उदाहरण मात्रै हो । तपाईले पनि आफ्नो बीमाङ्क, अवधि र घोषित बोनसदर राखेर हेर्न सक्नु हुन्छ । बोनसदर हरेक वर्ष परिवर्तन हुने भएकाले म्याचुरिटी हुँदा पाउने रकममा केहि तलमाथि हुन जान्छ । यद्यपी औषतमा कति पाउन सकिएला भनेर अहिले नै मूल्याङ्कन गर्न भने सकिन्छ । त्यसैले यहाँ उदाहरण सहित बीमितले पाउन सक्ने सम्भावित रकमलाई देखाउन खोजिएको हो ।  

नेशनल लाइफले आर्थिक वर्ष २०८०/८१ मा घोषणा गरेको बोनसदर अनुसार बीमितले पाउन सक्ने प्रतिफल

सावधिक जीवन बीमालेख

यो बीमालेखमा बीमितले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म पाउने नेशनल लाइफले जनाएको छ । २० वर्ष अवधिसम्मको बीखालेख खरिद गर्नेले प्रतिहजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष अवधिसम्मको बीमालेखमा प्रतिहजार ७० रुपैयाँ र २६ वर्ष र सो भन्दा धेरै बीमा अवधि कायम गर्ने बीमितले प्रतिहजार ८५ रुपैयाँ पाउने छन् । यदि कुनै बीमितले ९ वर्ष अवधिको १० लाखको बीमा गरेको रहेछ भने उक्त बीमितले १५ लाख ७६ हजार रुपैयाँ भुक्तानी पाउन सक्नेछन् ।

त्यस्तै २१ वर्षदेखि २५ वर्ष अवधिको बीमालेख खरिद गर्ने बीमितले पनि १० लाखको बीमा गराउदा २४ लाख ७० हजारदेखि २७ लाख ५० हजारसम्म पाउनेछन् । र २६ वर्ष भन्दा माथि अवधिको बीमा गर्ने बीमितले भने म्यचुरिटीमा ३२ लाख भन्दा धेरै दाबी पाउन सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको सुचना अनुसार २ लाख २६ हजार भन्दा धेरैको बीमा दोब्बर भन्दा माथि हुने देखिन्छ । त्यस्तै सर्वाधिक धेरै बोनसदरको फाइदा लिने बीमित ४ हजार भन्दा माथि छन् ।

सावधिक तथा आजीवन बीमालेख

यो बीमालेख खरिद गर्नेहरुले पनि सावधिक जीवन बीमालेखमा जस्तै आकर्षक बोनसदर पाउने छन् । बोनसदरको प्रकृति समान देखिएको छ । तर लाभांन्वित बीमको संख्या यस पोलिसिमा धेरै छन् । त्यसमा पनि एक लाख ७ हजार भन्दा धेरैले बीमाङ्कको दोब्बर भन्दा माथि भुक्तानी पाउन सक्नेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

नेशनल लाइफले अग्रिम भुक्तानी जीवन बीमालेखमा पनि आकर्षक बोनसदर दिदै आएको छ । अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा नेशनल लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्युनतम प्रतिशजार ६३ रुपैयाँ र अधिकतम ६४ रुपैयाँसम्म प्रदान गरेको छ । यस मध्ये १० देखि २० वर्ष अवधिको बीमालेख खरिद कर्ता सबैभन्दा धेरै छन् । १० देखि १४ वर्ष अवधिको बोनसदर ६३ रुपैयाँ छ भने यस्तो बीमा लेख संख्या २८ हजार भन्दा धेरै छ र १५ देखि २० वर्ष अवधिको बीमालेख ४५ हजार भन्दा धेरैले खरिद गरेका छन् । अग्रिम भुक्तानीमा पनि १६ वर्षको अवधिमा बीमितले बीमाङ्कको दोब्बर रकम प्राप्त गर्न सक्छन् ।

कम्पनीले यस सफलताका लागि बीमित, अभिकर्ता, कर्मचारी, नियामक निकाय र सरोकारवाला शुभेच्छुकहरुलाई आभार प्रकट गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी र नियमित म्याचुरिटीमा यसै बोनसदर अनुसार भुक्तानी गर्नेछ । नेशनल लाइफ निजीस्तरको सबैभन्दा पुरानो जीवन बीमा कम्पनी हो । यदि छोटो समयकै बीमाङ्कको दोब्बर भुक्तानी गर्न चाहनेका लागि नेशनल लाइफ सबैभन्दा उत्तम उपयुक्त हुन सक्छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा नेशनल लाइफ हरेक सूचकमा आक्रामक रुपमा अगाडी बढिरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया