यि १९ कम्पनीले निष्काशन गर्दै छन् हकप्रद शेयर, कुन कम्पनीको कति ?
- BFIS News
- 2025 Apr Sat 09:13

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १९ वटा कम्पनीले १० अर्ब ९६ करोड रुपैयाँको हकप्रद शेयर निष्कानका लागि आवेदन दिएका छन् । गएका वर्षमा नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनमा रोक लगाउदा हकप्रद शेयरको माहोल थिएन । यस पटक भने बीमा कम्पनीहरु र केहि जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्दै छन् ।
पाइपलाइनमा रहेका १९ कम्पनी मध्ये ६ वटा बीमा कम्पनीहरु छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीम कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ न्युनतम चुक्ता पूँजी कायम गरेको छ । त्यस्तै पुनर्बीमा कम्पनीको हकमा भने २० अर्ब रुपैयाँ रहेको छ । मर्जर तथा बोनस शेयर मार्फत पूँजी जुटाउन २ वर्षको म्याद दिएको नेपाल बीमा प्राधिकरणले पछिल्ला दिनमा भने हकप्रद शेयर निष्काशनको अनुमति दिदै आएको छ । प्राधिकरणले पूँजी जुटाउन एक वर्ष म्याद थप गरिदिएको थियो ।
यस वर्ष ४ वटा बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएका छन् । यस मध्ये तीन वटाले हकप्रद शेयर निष्काशन गरिसकेका छन् । एलआइसी नेपाल, एनएलजी र नेकोले हकप्रद शेयर जारी गरिसकेका छन् भने सन नेपाल लाइफले अनुमति पाएर बुक क्लोज घोषणा गरिसकेको छ । त्यस्तै सानिमा जिआइसी, प्रभु महालक्ष्मी, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोडले अनुमतिका पाउन बाँकी छ । दुई पुनर्बीमा कम्पनीहरुले भने अहिलेसम्म बोर्डमा हकप्रद निष्काशनको लागि निवेदन दिएका छैनन् । यद्यपी उनिहरुले आन्तरिक रुपमा तयारी गरिरहेको चर्चा छ ।
बीमा कम्पनी पश्चात नेपाल ल्युव आयल बाहेक हकप्रद निष्काशनको पाइपलाइनमा सबै जलविद्युत कम्पनीहरु छन् । हेर्नुहोस् कुन कम्पनीले कति निष्काशन गर्दैछन् हकप्रद शेयर
हकप्रद शेयर निष्काशनको अनुमति पाएका कम्पनीहरु
प्रतिक्रिया