Nepal Life

नाडा अटो सोमा भिजिट गर्न आउनेलाई तीन ठाउँमा पार्किङको व्यवस्था, स्टलसम्म घुम्ति बस चलाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 11:11
नाडा अटो सोमा भिजिट गर्न आउनेलाई तीन ठाउँमा पार्किङको व्यवस्था, स्टलसम्म घुम्ति बस चलाउने
Sanima Reliance

काठमाडौं । नाडा अटो सोको आयोजकले यस वर्ष चार पाङ्ग्रे पार्किङका लागि तीन ठाउँमा छुट्टा छुट्टै व्यवस्था गरेको छ । अटोसोमा भिजिट गर्न आउनेलाई यस वर्ष विशेष व्यवस्था गरिएको नेपाल अटोमोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । उनले भने 'पार्किङको अभाव र समस्या देखिने भएकाले हामीले चार पाङ्ग्रे सवारी साधनको पार्किङको विकल्प तयार पारेका छौ ।' 

NIMB

पार्किङ व्यवस्थित नहुँदा धेरै नै भिडभाड हुने गर्थ्यो । प्रदर्शनी मार्ग आफैमा सानो क्षेत्र छ त्यसमा पनि चार पाङ्ग्रे सवारी साधनको संख्या बढ्ने वित्तीकै प्रभाव पर्ने गरेको छ । त्यसैले प्रहरी कल्याणकारी कोष परिसर, काठमाडौ मल र बसपार्कको टावर परिसरमा चार पाङग्रे सवारी साधनलाई पार्किङ गर्ने व्यवस्था मिलाइएको थापाले जानकारी दिए ।

पार्किङको व्यवस्था मिलाइएको ठाउँबाट प्रदर्शनी स्थलसम्म ल्याउनका लागि घुम्ती बसको समेत व्यवस्था मिलाइएको उनले बताए । यस्तो सुविधा विहान १० बजेदेखि वेलुका ५ बजेसम्म चलिरहनेछ । पार्किङ स्थलबाट प्रदर्शनी स्थलसम्म आउन जानका लागि निःशुल्क हुनेछ । टिकट खरिदका लागि भिडभाड पनि गर्नु पर्ने छैन । अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । टिकटमा क्यासव्याकको समेत सुविधा रहेको छ । फोनपेबाट टिकट खरिद गर्दा २० प्रतिशतसम्म क्यासव्याकको सुविधा रहेको छ । नाडा अटो सो भोलि भदौ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया