NIMB Header 2
Nepal Life

'गभर्नर' विचौलियाको उम्मेद्वार बनेकोमा गगन थापाको आपत्ती

National Life
  • BFIS News
  • 2025 Apr 15 15:18
'गभर्नर' विचौलियाको उम्मेद्वार बनेकोमा गगन थापाको आपत्ती
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान आर्थिक संकटको प्रमुख कारण विचौलियाको प्रभाव रहेको टिप्पणी गरेका छन्।

Shikhar
NIMB

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको प्रष्ट पार्दै, निजी क्षेत्रको नाममा विचौलियाले शासन सत्ता र अर्थतन्त्रमा हस्तक्षेप गर्न थालेको गम्भीर आरोप लगाए।

उनले भने, "प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। मलाई अहिलेसम्म थाहा थिएन कि यो स्तरसम्म पुगिसकिएको छ।”

थापाले थपे, “पहिला-पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा ‘गभर्नर यो बन्ला की त्यो बन्ला’ भन्ने कौतुहलता हुन्थ्यो। तर अहिले त खुल्लमखुल्ला ‘विचौलियाको क्यान्डिडेट’ भनेर बहस हुने अवस्था छ।”

उनले आसेपासेलाई पोस्ने व्यवस्थालाई पुँजीवादी भन्न नमिल्ने तर्क गर्दै भने, "नागरिक बलियो नभएसम्म राज्य बलियो हुँदैन। अहिलेको संरचना नागरिकमुखी होइन, आसेपासेमुखी हुँदै गएको छ।”

महामन्त्री थापाले देशमा नीति निर्माण तहसम्म विचौलियाको हस्तक्षेप बढ्नु लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भएको टिप्पणी गर्दै सुधारको खाँचो औंल्याए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया