NIMB Header 2
Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल समृद्धि योजना’ बैशाख ३ गतेदेखि बिक्रीमा

National Life
  • BFIS News
  • 2025 Apr 15 19:42
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल समृद्धि योजना’ बैशाख ३ गतेदेखि बिक्रीमा
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रबद्र्धनमा र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ यही बैशाख ३ गतेदेखि बिक्री खुला हुने भएको छ।

Shikhar
NIMB

कुल १ अर्ब रुपैयाँ आकारको यस योजनामध्ये ८ करोड ५० लाख इकाई, अर्थात् ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन सी–आश्वा प्रणालीमार्फत बिक्री खुला गरिनेछ।

धितोपत्र बोर्डको स्वीकृति प्राप्त यस योजना बन्दमुखी प्रकृतिको भएकाले निष्काशनपश्चात धितोपत्र बजारमा सूचीकृत भई सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम खरिदबिक्री गर्न सकिनेछ। बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको यो नेपालकै पहिलो सामूहिक लगानी कोष हो।

कम्पनीले यस योजनाबाट वार्षिक औसत १७.७३ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ। सार्वजनिक निष्काशन २०८२ साल बैशाख ३ गतेदेखि छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गतेसम्म खुला रहनेछ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम रु १ हजारदेखि अधिकतम रु १० करोड रुपैयाँसम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया