सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको एक लाख ९० हजार ६०० पुग्यो
- BFIS News
- 2025 Apr 17 13:36
काठमाडौं । सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० ले एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया