Nepal Life

सिप्रदीले खुलायो टाटा पन्चको बुकिङ, नाडा अटो शोमा लन्च हुँदै

NMB Bank
  • BFIS News
  • 2023 Sep 12 11:04
सिप्रदीले खुलायो टाटा पन्चको बुकिङ, नाडा अटो शोमा लन्च हुँदै
National Life

काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि टाटा पन्चको बुकिङ खुलाएको छ। कम्पनीले सामाजिक सञ्‍जालमार्फत उक्त गाडीको बुकिङ खुलाएको हो।

Shikhar
NIMB

उक्त गाडी आजदेखि सुरु हुने नाडा अटो शोमा लन्च गर्ने कम्पनीको तयारीमा छ। कम्पनीले मूल्य पनि त्यही समय सार्वजनिक गर्ने जनाएको छ।

पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ। उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ। यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ। यसमा १८७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ।

निकै बाक्लो बडी क्लाडिङ, स्‍क्‍वायर अफ ह्‍विल आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्‍विल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा रहेको छ।

यसमा रिभर्स क्यामेरा, ब्‍याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरब्‍याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्‍याप स्टेरिङ ह्‍विल फिचरहरु उपलब्ध छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया