NIMB Header 2
Nepal Life

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

National Life
  • BFIS News
  • 2025 Apr 26 19:28
औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड
Sanima Reliance

काठमाडौं, वैशाख १३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउन हुनु पर्ने बताएका छन् । 

Shikhar
NIMB

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् । 

बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए । यस्तै उनले ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नु पर्ने बताए । 

“नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्ने छ । ”उनले भने ।   

उनले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए । विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो  विश्व आईपी दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा संगठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष (IP and Music feel the beat of IP ) को नारा तय गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया