Nepal Life

काठफोर्ड कलेजबाट बिबिएम र बिबिए प्लस कार्यक्रमको पहिलो शुरुवात 

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 22:06
काठफोर्ड कलेजबाट बिबिएम र बिबिए प्लस कार्यक्रमको पहिलो शुरुवात 
Sanima Reliance

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नवप्रवर्तनात्मक बिबिए प्लस र बिबिएम प्लस कार्यक्रम प्रस्तुत गरेको छ । कलेजले नेपालमै पहिलोपटक एक विशेष समारोहका विच हिमालयन होटलमा बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमको उद्घाटन गरेको हो । 

NIMB

कार्यक्रम शुभारम्भको औपचारिक समारोह

उक्त समारोहमा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्वहरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागीता रह्यो । काठफोर्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल डा राजेन्द्र पोखरेलले हार्दिकताका साथ स्वागत गरेका थिए । शुरुमै सहभागीहरुमा चासो र कौतुहलता प्रवाह गरेको थियो ।

यस कार्यक्रमको प्रमुख उद्देश्य, त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिनबाट औपचारिक रुपमा बिबिए प्लस र बिबिएम प्लस कार्यक्रम उद्घाटन गर्नु रहेको थियो । यस महत्वपूर्ण क्षणलाई व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिती सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सिइओ श्री जगदीश खड्का, नेपाल बैक लिमिटेडका सहायक सिइओ मनोज ज्ञवाली र प्राज्ञिक र औद्योगीक क्षेत्रका विख्यात व्यक्तित्वहरुको उपस्थितीले गरिमामय वनाएको थियो । उहाँहरुको सम्वोधनमा विद्यमान डिजिटल व्यवसायिक क्षेत्रका लागी विद्यार्थीहरुलाई तयार पार्न बिबिए प्लस र बिबिएम प्लसको भूमीका निर्णायक रहने कुरामा जोड दिइएको थियो । त्यस्तै उनिहरुले प्रविधिमुखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले कसरी सामर्थता प्रदान गर्दछ भन्ने कुरामा जोड दिएका छन् । 

बिबिए प्लस र बिबिएम प्लस अभिमुखीकरण

उद्घाटन पश्चात काठफोर्ड कलेजका व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमको सम्वन्धमा विस्तृत विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा व्यवस्थापन संकायको नया विशिष्ट पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषयहरु जस्तै तथ्याङ्क विश्लेषण, ऋयिगम प्रविधि, डिजिटल मार्केटिङ, वित्तिय विश्लेषण र परियोजना व्यवस्थापनका बारेमा जानकारी प्रदान गरिएको थियो । उक्त प्रस्तुतीे मार्फत यी विषयहरुले विश्व श्रम बजारको परिवर्तनशील माग अनुसार विद्यार्थीलाई कसरी तयार पारी उनीहरुलाई आधुनिक श्रम बजारमा सजिलै रोजगार पाउन सक्ने गतिशील मानवश्रोत बनाउन भूमीका खेल्छ भन्ने कुरा अवगत गराइएको थियो । 

औद्योगीक परिप्रेक्ष्य र व्यवहारिक प्रयोग

औद्योगीक विज्ञहरु मनोज ज्ञवाली र जगदीश खड्काले आफ्ना महत्वपूर्ण र गहीरो अनुभुती बाँड्दै गर्दा यस कार्यक्रमले नयाँ आयाम छोएको थियो । उनिहरुले व्यवसायिक क्षेत्रको बदलिंदो आयामको बारेमा व्याख्या गर्दै बिबिए प्लस र बिबिएम प्लस विषयहरुले कसरी बदलिंदो माग अनुरुप नयाँ मानवश्रोतलाई तयार पार्न मद्धत गर्छ भन्ने जानकारी दिएका थिए । उनिहरुको विशेष जोड कसरी प्राज्ञीक र व्यवसायीक क्षेत्र विचको दूरी कम गर्ने, गैह्र प्राविधिक विद्यार्थीहरुलाई सशक्तिकरण गर्ने र प्रविधिमा आधारित संस्थाहरुको अभिवृदिमा मलजल गर्ने भन्ने कुरामा रहेको थियो ।

त्यस्तै प्रोफेसर डाक्टर महानन्द चालीसेले कसरी बिबिए प्लस र बिबिएम प्लस कार्यक्रमले प्राज्ञिक र औद्योगीक क्षेत्रको दूरी कम गर्न सहयोग गर्छ भन्ने धारणा राखेका थिए । उनिहरुले तदअनुसारका पाठ्यक्रम विकास गर्न सफल भएकोमा काठफोर्ड ईन्जिनीयरीङ्ग कलेजलाई बधाई दिनुका साथै अन्य शैक्षिक संस्थाहरुलाई समेत त्यही अनुरुप प्रयास गर्न प्रोत्साहन गरेका थिए । 

समापन मन्तव्य र भविष्यको अवधारणा

समारोहको समापन त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायको डिन प्राध्यापक डाक्टर डिल्ली राज शर्माको मन्तव्यबाट भएको थियो । उनले व्यवसायिक क्षेत्रमा व्यवस्थापन शिक्षाको महत्वमाथी प्रकाश पारेका थिए । भविष्यका नेतृत्वकर्ता तयार पार्नुपर्ने आजको दायित्व र आवश्यकतामाथीको उहाँको विचार उपस्थित सबै सहभागीहरुले मनन गरेका थिए ।

यस ऐतिहासिक अवसरमा उपस्थिती र सहयोगको लागी यस काठफोर्ड इन्टरनेसनल कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टका अध्यक्ष सुमन कटवालले सहभागीहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । उनले संस्थाको तर्फबाट विद्यार्थीहरुलाई परिवर्तनशील व्यवसायीक र प्राविधिक क्षत्रमा सफल हुन आवश्यक समय सापेक्ष शिक्षा प्रदान गरिने प्रतिवदता व्यक्त गरे । 

बिबिए प्लस र बिबिएम प्लस काठफोर्ड इन्टरनेशनल कलेजमा शुभारम्भको कार्यक्रम एउटा परिचय मात्र नभएर यसले व्यवसायिक शिक्षामा एउटा नया अध्यायको शुरुवात गरेको छ । यी कार्यक्रमहरुले परम्परागत व्यवसायिक सिद्घान्तलाई डिजिटल सीपसँग निर्वाधरुपमा आवद्घ गराएका छन जसले स्नातक उत्तीर्ण मानवश्रोतलाई प्रविधिमय विश्व बजार क्षेत्रमा सफल हुनसक्ने अवस्थाको निर्माण गरिदिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया