NIMB Header 2
Nepal Life

यूएस र युक्रेनबीच बहुप्रतीक्षित प्राकृतिक स्रोत सम्बन्धी सम्झौता

National Life
  • BFIS News
  • 2025 May 01 11:50
यूएस र युक्रेनबीच बहुप्रतीक्षित प्राकृतिक स्रोत सम्बन्धी सम्झौता
Sanima Reliance

काठमाडौं। अमेरिकाले युक्रेनसँग लामो समयदेखि प्रतीक्षित रहेको प्राकृतिक स्रोत सम्बन्धी सम्झौता गरेको छ।

Shikhar
NIMB

सम्झौताअनुसार युक्रेनका खनिज स्रोतहरू बिक्रीबाट हुने भविष्यको नाफा दुबै मुलुकबीच साझेदारी गरिनेछ।

अमेरिकी अर्थ मन्त्रालयका सचिव स्कट बेसन्ट र युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरीडेन्कोले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताको उद्देश्य युक्रेनलाई रुससँगको युद्धपछिको आर्थिक पुनर्निर्माणमा सघाउनु रहेको बताइएको छ।

सम्झौता अन्तर्गत दुबै देशले पुनर्निर्माण लगानी कोष (Reconstruction Investment Fund) स्थापना गर्ने सहमति गरेका छन्। यस कोषमार्फत युक्रेनको आर्थिक पुनरुत्थानलाई टेवा पुर्‍याउने बताइएको छ।

सम्झौतापछि अमेरिकी अर्थ सचिव बेसन्टले भने, "यो सम्झौताले दुबै पक्ष युक्रेनमा दीर्घकालीन शान्ति र समृद्धिमा प्रतिबद्ध छन् भन्ने देखाउँछ।" युक्रेनका लागि भने यो सम्झौता अमेरिकी सैन्य सहायता सुनिश्चित गर्न अत्यावश्यक कदमको रूपमा लिइएको छ।

युक्रेनमा ग्रेफाइट, टाइटेनियम, लिथियम जस्ता महत्वपूर्ण खनिज स्रोतहरू प्रचुर मात्रामा रहेको विश्वास गरिन्छ। यी खनिजहरू नवीकरणीय ऊर्जा, सैनिक प्रविधि तथा औद्योगिक पूर्वाधार निर्माणका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया