Nepal Life

माध्यमिक तहको शिक्षकको योग्यता स्नातकोत्तर

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 16:52
माध्यमिक तहको शिक्षकको योग्यता स्नातकोत्तर
Sanima Reliance

काठमाडौं । माध्यमिक तहको शिक्षणका लागि न्युनतम योग्यता स्नातकोत्तर बनाइने भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ मा  माध्यमिक तहको शिक्षक नियुक्तिका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनु पर्ने व्यवस्था गरिएको छ ।

NIMB

शिक्षण पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनुपर्ने भनिएको छ । त्यस्तै कक्षा पाँचसम्म जुनसुकै विषयमा स्नातक तह, कक्षा ६ देखि ८ को लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको हो ।

यसरी उक्त पदका लागि आवेदन दिनका लागि अध्यापन अनुमतिपत्र प्राप्त गरेकै हुनु पर्नेछ । उक्त पदमा आवेदन दिनका लागि २१ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्छ । शिक्षणको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको हुँदा आवश्यक न्युनतम योग्यता स्नातक राखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा विधेयक

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया