NIMB Header 2
Nepal Life

आर्थिक वर्ष २०८१/८२ को नौमहिनामा सरकारको खर्च ९९८ अर्ब नाघ्यो, राजस्व ८३१ अर्ब

Muktinath Bank
  • BFIS News
  • 2025 May 11 19:40
आर्थिक वर्ष २०८१/८२ को नौमहिनामा सरकारको खर्च ९९८ अर्ब नाघ्यो, राजस्व ८३१ अर्ब
National Life

काठमाडौं, २९ वैशाख । आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपाल सरकारको कुल खर्च ९९८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

NIMB

अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा सरकारको चालु खर्च ६७८ अर्ब ९ करोड, पुँजीगत खर्च १०२ अर्ब ९० करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च २१७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। त्यस्तै, सोही अवधिमा सरकारले कुल ८३१ अर्ब ४० करोड रुपैयाँ राजस्व परिचालन गरेको छ, जसमा कर राजस्व ७४४ अर्ब १५ करोड र गैर–कर राजस्व ८७ अर्ब २५ करोड रुपैयाँ रहेको छ।

सरकारका विभिन्न खातामा रहेको नगद मौज्दात २०७८ असार मसान्तसम्म ९३ अर्ब ९६ करोड रुपैयाँ थियो भने २०८१ चैत मसान्तसम्ममा उक्त मौज्दात बढेर ३७१ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जसमा प्रदेश र स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ। सो अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ८५ अर्ब ४७ करोड रुपैयाँ रहँदा उनीहरूले १३९ अर्ब ७३ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन्।

यसमध्ये नेपाल सरकारले प्रदान गरेको अनुदान तथा विभाज्य कोषबाट प्राप्त रकम १०४ अर्ब ६७ करोड रुपैयाँ र बाँकी ३५ अर्ब ७ करोड रुपैयाँ प्रदेश सरकारले आफैंले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व हो। यी तथ्यांकहरूले संघीय तथा प्रदेश सरकारका खर्च र स्रोत व्यवस्थापनमा अझ सन्तुलन खोज्नुपर्ने आवश्यकता औंल्याउँछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया