Nepal Life

एभरेष्ट बैंकले क्षमता भन्दा कम लाभांश दिदा लगानीकर्ता निरुत्साहित, सक्नेले त दिन चाहेनन् नसक्नेले के देलान् !

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 18:53
एभरेष्ट बैंकले क्षमता भन्दा कम लाभांश दिदा लगानीकर्ता निरुत्साहित, सक्नेले त दिन चाहेनन् नसक्नेले के देलान् !
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफाबाटै प्रतिशेयर आम्दानी ४०.५० रुपैयाँ रहेको छ । अझ जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ रहेको छ । खुद मुनाफा भन्दा वितरण योग्य मुनाफा धेरै देखिएकाले पनि लगानीकर्ताले यस वर्ष एभरेष्ट बैंकबाट बम्बर बोनसको अपेक्षा गरेका थिए ।

NIMB

बैंकको खुद मुनाफा ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ छ । यो सबै तथ्याङ्कलाई हेर्दा लगानीकर्ताहरु उत्साहित थिए । तर वित्तीय विवरणलाई मात्रै आधार मानेर लगानी गर्नेहरु भने थप आक्रोसित हुनु स्वभाविक पनि हो । एक लगानीकर्ताले सामाजिक सञ्जालमा बैंकको लाभाशलाई लिएर ’४० प्रतिशत दिन सक्ने हैसियत थियो, दिएछ २० प्रतिशत मात्रै । यो भन्दा त माछापुच्छ्रे उत्तम देखियो ।’ कतिपय लगानीकर्तालेहरुले भने बैंकको लाभांशलाई व्यङ्ग्य गर्दै सक्नेले त दिन चाहेनन् नसक्नेले के देलान् भनेका छन् ।

बैंकको लाभांश दिन सक्ने क्षमताकै कारण यस वर्ष बैंकको शेयर मूल्य धेरै तल झर्न सकेन । एक वर्षको अवधिमा बैंकको शेयर मूल्य सर्वाधिक कम ४२१ रुपैयाँ भन्दा तल झर्न सकेन ।  त्यस्तै अधिकतम ६३३ रुपैयाँसम्म पुग्यो । तर बैंकको आज बसेको सञ्चालक समितिले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद सहित २०.५३ प्रतिशत कुल लाभांश घोषणा गरेको छ । बैंकले गएको वर्ष १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद सहित कुल २०.६८ प्रतिशत लाभांश दिएकोमा यस वर्ष नगदलाई अझ बढि प्राथमिकता दिएको छ ।

बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ११ अर्ब ७५ करोड पुगेको छ । पञ्जाव नेशनल बैंकको पनि शेयर भएका कारण बैंकलाई बोनस शेयर सँग सँगै नगद लाभांशका लागि पनि दवाव थियो । बैंकको लाभांश इतिहास हेर्यो भने विगत पूँजी बृद्धि योजना भन्दा अगाडी सर्वाधिक नगद लाभांश दिने बैंकको सूचीमा पर्थ्यो । न्युनतम चुक्ता पूँजी जुटाउने प्रयोजन बाहेक बैंकले खासै बोनस शेयर दिन चाहेको देखिदैन । गएका वर्षमा राष्ट्र बैंकले कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै नगद लाभांशमा रोक लगायो । यसले गर्दा २०७७ र २०७८ मा ४/५ प्रतिशतमै टारिदियो । यसले गर्दा बैंकको जगेडा कोष थप बलियो बनेको हो ।

यस वर्ष भन्दा राष्ट्र बैंकले लाभांश वितरणमा छुट गरिदिएको थियो । बैंकहरुले आफुखुसी लाभांश वितरण गर्न पाउने भने पछि लगानीकर्ताहरुको बैंकहरु प्रति ठुलो अपेक्षा थियो । तर नियामकीय दरहरुलाई कायम गर्नु पर्ने दवावका कारण बैंकले गत वर्षकै लाभांश दरलाई निरन्तरता दिएको छ ।

अहिले नगद लाभांश धेरै दिने वित्तीकै प्राथमिक पूँजीबाट पुर्याउनपर्ने पूँजीकोष ‘CCAR’ मा दवाव पर्ने थियो । हाल बैंकको सिसिएआर १० प्रतिशत भन्दा माथि छ । यस्तो अनुपात न्युनतम पनि ८.५ प्रतिशत हुनु पर्छ । यसले गर्दा पनि बैंकले क्षमता भन्दा कम लाभांश दिएको हुनु पर्छ । सिसिएआर घट्ने वित्तीकै बैंकको व्यवसाय विस्तारमै पुर्ण विराम लाग्छ । यसो हुने वित्तीकै मर्जर पछि शक्तिशाली बनेका बैंकहरु सँग प्रतिस्पर्धा गर्नु धेरै नै चुनौतीपुर्ण हुन्छ ।

बैंकले विगत १३ वर्षको अवधिमा वितरण गरेको लाभांश इतिहास

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया