NIMB Header 2
Nepal Life

घोराही सिमेन्ट ५५ करोड ४३ लाख रुपैयाँ घाटामा, आम्दानी भने वृद्धि

National Life
  • BFIS News
  • 2025 May 12 09:20
घोराही सिमेन्ट ५५ करोड ४३ लाख रुपैयाँ घाटामा, आम्दानी भने वृद्धि
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटामा गएको छ।

Shikhar
NIMB

गत वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यससँगै कम्पनीको नोक्सानी केही कम भएको देखिन्छ।

सिमेन्ट बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँबाट बढेर चालु त्रैमासमा ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। आम्दानी बढे पनि कम्पनीले अझै घाटा व्यहोर्नुपरेको छ।

यस त्रैमासमा कम्पनीको डिफर ट्याक्स ११ करोड ७० लाख रुपैयाँ रहेको छ, जसले घाटा कम देखिन सहयोग पुर्‍याएको हो। यता, वित्तीय खर्च भने अघिल्लो वर्षको ४१ करोड ८५ लाख रुपैयाँबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्स १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ऋणात्मक १२.१४ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९०.८० रुपैयाँ कायम छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया