Nepal Life

एनएलजी इन्स्योरेन्सको नाफा घट्दा ईपीएस पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2025 May 12 09:46
एनएलजी इन्स्योरेन्सको नाफा घट्दा ईपीएस पनि घट्यो
National Life

काठमाडौं । एनएलजी इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Shikhar
NIMB

यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको १३ करोड ६७ लाख रुपैयाँभन्दा ९.७८ प्रतिशतले कम हो।

यद्यपि कम्पनीको खुद बीमा शुल्क आम्दानी ३१.६६ प्रतिशतले बढेर ६६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कमिसन आम्दानी पनि १७.४४ प्रतिशतले वृद्धि भएर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ।

तर, लगानी तथा कर्जाबाट हुने आम्दानीमा २३.३० प्रतिशत गिरावट आउनु र बीमा दाबी भुक्तानी ३५.५३ प्रतिशतले बढ्नुले कुल नाफा घटाएको देखिन्छ।

कम्पनीको चुक्ता पुँजी ६२.५६ प्रतिशतले वृद्धि भई २ अर्ब ५० करोड रुपैयाँ नाघेको छ। तर नाफा घटेकै कारण प्रति सेयर आम्दानी (ईपीएस) ५.९२ रुपैयाँले घटेर ६.५७ रुपैयाँमा झरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया