NIMB Header 2
Nepal Life

ग्रीन भेन्चर्सको नाफा ४३.४३ प्रतिशतले वृद्धि, विद्युत् बिक्री आम्दानीमा सुधार

National Life
  • BFIS News
  • 2025 May 13 15:36
ग्रीन भेन्चर्सको नाफा ४३.४३ प्रतिशतले वृद्धि, विद्युत् बिक्री आम्दानीमा सुधार
Sanima Reliance

काठमाडौं, ३० वैशाख। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिटेडले ४३.४३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ।

Shikhar
NIMB

कम्पनीले यो अवधिमा ३७ करोड ३५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा २६ करोड ४ लाख १३ हजार रुपैयाँ थियो।

कम्पनीको नाफा वृद्धिको मुख्य कारण विद्युत् बिक्रीबाट हुने आम्दानीमा आएको सुधार हो। समीक्षाधीन अवधिमा विद्युत् बिक्री आम्दानी ८.४० प्रतिशतले वृद्धि भई १ अर्ब २८ करोड ६४ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा उक्त आम्दानी १ अर्ब १८ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको थियो।

वित्तीय अवस्था

चैत मसान्तसम्म ग्रीन भेन्चर्सको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा ४१ करोड २७ लाख ९३ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १० रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ०१ पैसा पुगेको छ।

विद्युत् उत्पादन तथा बिक्रीमा क्रियाशील ग्रीन भेन्चर्सले निरन्तर नाफा वृद्धि गर्दै लगानीकर्ताको विश्वास कायम राख्न सफल देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया