Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस शेयर सहित लगानीकर्तालाई ९८ करोड वितरण गर्ने

RBB
  • BFIS News
  • 2025 May Wed 11:08
नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस शेयर सहित लगानीकर्तालाई ९८ करोड वितरण गर्ने
Shikhar detail

काठमाडौं, बैशाख ३१ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ५५०औं बैठकले उक्त निर्णय गरेको हो।

NIMB

कम्पनीले हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड रुपैयाँमा आधारित रहेर ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरको कुल रकम २६ करोड ६ लाख रुपैयाँभन्दा बढी र नगद लाभांशको कुल रकम ५२ करोड १२ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, बोनस सेयर र नगद लाभांशमा लाग्ने कर तिर्नका लागि थप ०.७८९४७३ प्रतिशत (४ करोड ११ लाख रुपैयाँ) बराबरको नगद लाभांश समेत प्रस्ताव गरिएको छ।

उक्त लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। हाल कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) प्रति सेयर ६१२.८६ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार