Nepal Life

युनियन हाइड्रोपावरको नाफामा ४३ प्रतिशत वृद्धि, ९ महिनामा २ करोड १९ लाख कमाई

NMB Bank
  • BFIS News
  • 2025 May 14 16:35
युनियन हाइड्रोपावरको नाफामा ४३ प्रतिशत वृद्धि, ९ महिनामा २ करोड १९ लाख कमाई
National Life

काठमाडौं।युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा (तेस्रो त्रैमाससम्म) २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
NIMB

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १ करोड ५३ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी विद्युत् बिक्रीबाट आएको हो, जुन गत वर्षको ५ करोड ७१ लाख रुपैयाँबाट बढेर यस त्रैमासमा ५ करोड ८९ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्रीमा भएको यो वृद्धिले नै कम्पनीको नाफा बढाउन मद्दत गरेको हो।

उता, कम्पनीको ब्याज खर्च पनि घटेको छ। अघिल्लो वर्ष ६३ लाख रुपैयाँ रहेको ब्याज खर्च यस अवधिमा घटेर २७ लाख रुपैयाँमा झरेको छ।

७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनियन हाइड्रोपावरको जगेडा कोषमा हाल २४ लाख ३ हजार रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) २.१९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.३२ रुपैयाँ कायम छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया