NIMB Header 2
Nepal Life

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

Muktinath Bank
  • BFIS News
  • 2025 May 14 19:18
गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
National Life

काठमाडौं, वैशाख ३१ गते। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरु (एनआरएनए) लाई आग्रह गरेका छन्।

NIMB

गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अनर्तगत पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेष्टमेन्ट (Policies and Platforms Creating and Enabling an Environment for Diaspora Investment) विषयक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरे। 

विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पूँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालका केही गर्न सुझाव दिए। “एनआरएनए अलग अलग होईन एकजुट भएर जानु पर्दछ । नेपालीहरु जहाँपनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होईन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह सहित शुभकामना दिन्छु ।” अध्यक्ष ढकालले भने।

एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै उनले गैरआवासिय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्यलाई पनि सम्झेर काम गर्न आग्रह गरे।

“म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाँही नकारात्मक टिप्पणी सुन्ने  गरेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्रै गर्ने कि नेपालको आर्थिक भविष्यको लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो । त्यसैले म एनआरएनएहरुसंगको अनुभव, पूँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरु देश जस्तै समृद्ध मुलुक बनाउन काम गर्न आग्रह गर्दछु । ”अध्यक्ष ढकालले भने।

नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भएपनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उनले स्थापित कम्पनीलाई उद्देश्य अनुरुप अगाडि बढाउन सुझाव दिए। उनले नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै एनआरएनएहरुलाई पनि कम्पनीमा सहभागी हुन आह्वान गरे। अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेको चर्चा गर्दै त्यो सम्भावनालाई उजागर गर्ने यात्रामा संगसंगै हिँड्न एनआरएनएहरुलाई आग्रह गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया