Nepal Life

बिन्ध्यवासिनी हाइड्रोपावरको प्रवर्तक, परियोजना प्रभावित स्थानीय र कर्मचारीको सेयर लक–इन अवधि असार २ मा समाप्त हुँदै

NMB Bank
  • BFIS News
  • 2025 May 15 13:44
बिन्ध्यवासिनी हाइड्रोपावरको प्रवर्तक, परियोजना प्रभावित स्थानीय र कर्मचारीको सेयर लक–इन अवधि असार २ मा समाप्त हुँदै
National Life

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले असार २ गतेदेखि प्रवर्तक सेयरधनी, परियोजनाबाट प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको सेयरमा रहेको लक–इन अवधि समाप्त हुने जानकारी सार्वजनिक गरेको छ।

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन) का हालै जारी निर्देशिका अनुसार कम्पनीले सोही मितिदेखि लक–इन अवधिको समाप्ति सम्बन्धी सूचना लगानीकर्ता र सरोकारवालाहरुलाई जानकारी गराएको हो।

कम्पनीका अनुसार कुल १ करोड १२ लाख ९८ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्। तीमध्ये ८४ लाख ७३ हजार ५०० कित्ता प्रवर्तक सेयर, ११ लाख २९ हजार ८०० कित्ता परियोजना प्रभावित स्थानीयको सेयर र ६७ हजार ७८८ कित्ता कर्मचारी सेयर लक–इन अवधिमा थिए। ती सेयरहरू कम्पनीको आईपीओ बाँडफाँड भएको तीन वर्षदेखि कारोबारमा निषेधित थिए।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ।

यद्यपि, कम्पनीले जारी गरेको सूचनाअनुसार सञ्चालक समिति सदस्य तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूले स्वामित्वमा राखेका सेयर भने लक–इन अवधि सकिए पनि तत्काल कारोबार योग्य हुने छैनन्।

नेप्सेमा बिन्ध्यवासिनी हाइड्रोपावरको अन्तिम कारोबार मूल्य प्रति सेयर रु. ५१४.२५ मा बन्द भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया