Nepal Life

हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

NMB Bank
  • BFIS News
  • 2025 May 16 14:00
हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
National Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल संरक्षणको महत्वलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको अस्तित्वसँग जोड्दै त्यसलाई आत्मसात् गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् ।

Shikhar
NIMB

नेपाल सरकारद्वारा पहिलोपटक आयोजना गरिएको सगरमाथा संवादको उद्घाटन सत्रमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको नामबाट गरिएको यो विश्वव्यापी संवाद इमानदार छलफल, ज्ञान आदानप्रदान र सामूहिक प्रयासका लागि थालिएको स्पष्ट पारे ।

“हामी आशा गर्छौं, यो संवाद पनि सगरमाथा जत्तिकै उच्च बनोस्,” प्रधानमन्त्री ओलीले भने, “उच्च नैतिकता, बौद्धिक साहस र साझा दृष्टिकोणका आधारमा उज्यालो भविष्य निर्माणमा टेवा पुर्‍याओस् ।”

उनले जलवायु परिवर्तनका प्रमुख कारक तत्वहरूमध्ये एक हरितगृह ग्यासको उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि वातावरण संरक्षणमा मुलुकले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

“हामीले असरचाहिँ धेरै भोगिरहेका छौं,” ओलीले भने, “पहिरोले बासस्थान बगाउँछ, आकस्मिक बाढी र खडेरीले समस्या निम्त्याउँछ । तर, हामी त्यसका विरुद्ध दृढतापूर्वक उभिएका छौं ।”

सगरमाथा संवादले जलवायु परिवर्तनको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहयोग, ज्ञान आदानप्रदान र दीर्घकालीन समाधान खोज्न नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया