Nepal Life

नाडा अटो शोको दुई दिनमा ६०० गाडी बुकिङ

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 06:52
नाडा अटो शोको दुई दिनमा ६०० गाडी बुकिङ
Sanima Reliance

काठमाडौं । नाडा अटो सोको दुई दिनमै ६०० वटा गाडी बुकिङ भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अनुसार पहिलो दिन करिव ३२० भन्दा बढी गाडी बुकिङ भएकोमा दोस्रो दिनमा थप २७० सय वटा सहित ५९० वटा बुकिङ भएको हो । यस अवधिमा सबैभन्दा धेरै इभी बुकिङ भएको पाइएको छ। 

NIMB

दुई पाङ्ग्रे सवारी तर्फ यो पटक केही ब्रान्डमा राम्रो भिड देखिएको छ । नाडा अटो शोमा सबैभन्दा धेरै टाटा, बिवाइडी, सेरेस,नेटा भी, एमजी र ‌ओरालगायतका ब्रान्डमा मानिसको भिड देखिन्छ। यी कम्पनीहरुको नयाँ मोडल र इभी गाडी ‘बुक’ भएका छन्।

एकै दिन साढे ८ हजारले गरे भिजिट

दुई दिनमा २० हजार २०० जनाले अटो शोको अवलोकन गरेका छन् । पहिलो दिन नै साढे ८ हजार जनाले एकै दिन स्टलहरु भिजिट गरेका थिए । बुधबार ११ हजार ७०० जनाले अटो शोको स्टलहरु अवलोकन गरेका थिए । यो पटक अवलोकन गर्न आउनेमा ७० प्रतिशत मानिस गाडी खरिद गर्ने योजनामा आएका छन्। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया