NIMB Header 2
Nepal Life

बजेट निर्माणका चार चरण : सरकारको आर्थिक कार्ययोजनाको खाका

Muktinath Bank
  • BFIS News
  • 2025 May 17 15:42
बजेट निर्माणका चार चरण : सरकारको आर्थिक कार्ययोजनाको खाका
Everest Bank

काठमाडौँ सरकारले प्रत्येक वर्ष प्रदान गर्ने सेवा तथा सुविधालाई आधार बनाएर आर्थिक वर्षको आम्दानी र खर्चको पूर्वानुमानसहित तयार पारिने विस्तृत दस्तावेजलाई बजेट भनिन्छ। वर्तमान संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गरिनु पर्ने व्यवस्था छ।

Shikhar
NIMB

बजेट शब्दको उत्पत्ति फ्रेन्च शब्द Bougett बाट भएको हो, जसको अर्थ 'पर्स' अथवा 'थैली' हुन्छ। बजेटको अवधारणा पहिलो पटक सन् १७३३ मा बेलायतमा सुरु भएको थियो, जसमा तत्कालीन वित्तमन्त्री वालपोलले पहिलो बजेट प्रस्तुत गरेका थिए। नेपालमा भने पहिलो पटक वि.सं. २००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले बजेट प्रस्तुत गरेका थिए।

नेपालमा आर्थिक वर्ष साउन १ गतेदेखि सुरु हुने भएकाले सोही मितिबाट बजेट कार्यान्वयन पनि प्रारम्भ हुन्छ। हाल अर्थ मन्त्रालय बजेट निर्माणको अन्तिम चरणमा रहेको छ। बजेट निर्माण प्रक्रिया सामान्यतया वर्षभर चल्ने प्रक्रियागत चक्र भए पनि विशेष गरी फागुनको मध्यदेखि चैत महिनामा तीव्रता पाउने गर्दछ।


चार चरणमा तयार हुन्छ बजेट

सरकारको बजेट निर्माणदेखि कार्यान्वयनसम्मका प्रक्रिया चार चरणमा सम्पन्न हुन्छन्:

१. बजेट निर्माण चरण
सरकारले आगामी आर्थिक वर्षका लागि आम्दानी र खर्चको अनुमानसहित बजेटको प्रारम्भिक मसौदा तयार गर्छ। यसमा नीति तथा कार्यक्रमसँग समन्वय गरेर बजेट बनाइन्छ।

२. बजेट स्वीकृति चरण
व्यवस्थापिका संसदमार्फत बजेटमाथि छलफल गरिन्छ। आर्थिक विधेयक र विनियोजन विधेयकमा आवश्यक संशोधनपछि संसदबाट पारित गरिन्छ।

३. बजेट कार्यान्वयन चरण
सरकारले संसदबाट पारित बजेटअनुसार आम्दानी संकलन तथा स्वीकृत शीर्षकहरूमा खर्च वितरण गर्छ। सेवा प्रवाह तथा परियोजना सञ्चालन यसै अनुसार हुन्छ।

४. लेखापरीक्षण तथा संसदीय मूल्याङ्कन चरण
महालेखा परीक्षक तथा संसद्को सार्वजनिक लेखा समितिले बजेटको खर्चको लेखापरीक्षण गरी मूल्याङ्कन गर्छन्। यसै आधारमा आगामी बजेट सुधार गरिन्छ।


बजेटका प्रमुख प्रकारहरू

बजेटलाई विभिन्न आधारमा विभाजन गर्न सकिन्छ:

१. आय–व्ययको आधारमा:

  • सन्तुलित बजेट: आम्दानी र खर्च बराबर भएको बजेट।

  • घाटा बजेट: खर्च आम्दानीभन्दा बढी भएको बजेट।

  • बचत बजेट: आम्दानी खर्चभन्दा बढी भएको बजेट।

२. कार्यको आधारमा:

  • कार्यसम्पादन बजेट: उपलब्ध परिणामको आधारमा बजेट विनियोजन।

  • कार्यक्रम बजेट: विशेष कार्यक्रमअनुसार बजेट छुट्याउने।

  • शून्यमा आधारित बजेट: अघिल्लो खर्चको आधार नलिई आवश्यकताको मूल्याङ्कनबाट बनाइने बजेट।

३. खर्चको प्रकृतिको आधारमा:

  • साधारण बजेट: तलब, भत्ता, प्रशासनिक खर्च, सुरक्षा तथा कूटनीतिक कार्यका लागि छुट्याइने बजेट।

  • विकास बजेट: पूर्वाधार, निर्माण, आर्थिक विकासका लागि छुट्याइने बजेट।

  • वित्तीय बजेट: आन्तरिक तथा बाह्य ऋणको भुक्तानी र लगानीका लागि छुट्याइने बजेट।


बजेट निर्माणमा वैदेशिक सहायता र ऋणको भूमिका

सरकारले बजेट निर्माणमा वैदेशिक सहायता (अनुदान र ऋण) लाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रयोग गर्छ। ऋण भुक्तानी, साँवा फिर्ता र ब्याजसमेतको मूल्याङ्कन गरी बजेटको संरचना तयार गरिन्छ। खर्च र आम्दानीको अनुमानपछि बजेटको समग्र आकार निर्धारण गरिन्छ। घाटा भएमा त्यसलाई सम्हाल्न सरकार आन्तरिक ऋण लिने गर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया