NIMB Header 2
Nepal Life

सिमेन्ट उद्योगमा सुधारको संकेत, बिक्री १८ प्रतिशतले बढ्दा शिवम र सर्वोत्तमको उत्कृष्ट प्रदर्शन

Muktinath Bank
  • BFIS News
  • 2025 May 18 15:53
सिमेन्ट उद्योगमा सुधारको संकेत, बिक्री १८ प्रतिशतले बढ्दा शिवम र सर्वोत्तमको उत्कृष्ट प्रदर्शन
Everest Bank

काठमाडौं। पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सुस्तताबीच निर्माण क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। तर, निर्माण क्षेत्रको महत्वपूर्ण अंग सिमेन्ट उद्योग भने सुधारको संकेत देखाउँदै अगाडि बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत चार सिमेन्ट कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणले यस क्षेत्रमा क्रमिक सुधार भैरहेको पुष्टि गरेको छ।

Shikhar
NIMB

सार्वजनिक विवरणअनुसार, विद्युत् बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ भने उत्पादन लागत र वित्तीय खर्चमा आएको गिरावटले समग्र नाफामा सुधार ल्याएको छ। अघिल्लो वर्ष ठूलो नोक्सानी बेहोरेका सिमेन्ट कम्पनीहरुले यस वर्ष घाटा घटाउनुका साथै कतिपयले नाफा समेत कमाउन सफल भएका छन्।

दुई कम्पनी नाफामा, दुई घाटामा

सूचीकृत चार कम्पनीमध्ये शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्ट नाफामा छन् भने घोराही सिमेन्ट र सोनापुर मिनरल्स घाटामा छन्। यद्यपि, घाटामा रहेका कम्पनीहरुको समेत नोक्सानी अघिल्लो वर्षको तुलनामा घटेको छ। समग्रमा चार कम्पनीले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्, जबकि गत वर्ष सोही अवधिमा ५९ करोड ५२ लाख रुपैयाँ घाटामा थिए।

आम्दानी र खर्चको स्थिति

सर्वोत्तम सिमेन्टले ९ महिनाको अवधिमा सबैभन्दा धेरै ६ अर्ब ८१ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.४० प्रतिशतले बढी हो। शिवम् सिमेन्ट्सले ५ अर्ब ३९ करोड, घोराही सिमेन्टले ३ अर्ब ५२ करोड र सोनापुर मिनरल्सले १ अर्ब ७६ करोड रुपैयाँको आम्दानी गरेका छन्।

वित्तीय खर्चतर्फ हेर्दा, सबैभन्दा धेरै घोराही सिमेन्टले ६८ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ भने सोनापुरको खर्च २६ करोड ४३ लाख रुपैयाँ छ। सर्वोत्तम र शिवम् सिमेन्ट्सले भने वित्तीय खर्च घटाएका छन्, जसको प्रत्यक्ष प्रभाव उनीहरूको नाफामा देखिएको छ।

नाफा र ईपीएसमा सुधार

नाफातर्फ हेर्दा, सर्वाेत्तम सिमेन्टले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा अगाडि देखिएको छ। यो अघिल्लो वर्षको तुलनामा झण्डै ४०० प्रतिशतले बढी हो। त्यस्तै, शिवम् सिमेन्ट्सको नाफा पनि ९६.०८ प्रतिशतले बढेको छ। सोनापुर र घोराही भने अझै घाटामै छन्।

प्रतिसेयर आम्दानी (EPS) मा पनि सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि छ। यसको EPS १६.१६ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.७० रुपैयाँले वृद्धि भएको हो। शिवम् सिमेन्ट्सको EPS ९.७९ रुपैयाँ छ भने सोनापुर र घोराहीको EPS नकारात्मक छ।

पुँजी र जगेडा कोषको अवस्था

चारवटै सिमेन्ट कम्पनीको समग्र चुक्ता पुँजी १८ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ। सबैभन्दा धेरै चुक्ता पुँजी शिवम् सिमेन्ट्सको ५ अर्ब ४५ करोड रुपैयाँ छ भने सर्वोत्तमको ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

जगेडा कोष र सेयर प्रिमियमसहितको हिसाबमा शिवम् सिमेन्ट्सले सबैभन्दा बढी ४ अर्ब ४२ करोड रुपैयाँ जोडेका छन्। त्यसपछिका कम्पनीहरूमा सर्वोत्तमको ४ अर्ब ३३ करोड र घोराहीको ४ अर्ब १४ करोड रुपैयाँ बराबरको जगेडा कोष रहेको छ। समग्रमा चार कम्पनीको जगेडा कोष १५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

सुधारका कारणहरू

वित्तीय विवरणमा देखिएको यो सुधार पछाडि कच्चा पदार्थको लागत घट्नु, बजारमा सिमेन्टको माग बढ्नु र उत्पादन क्षमता विस्तार हुनु प्रमुख कारणका रूपमा देखिएका छन्। साथै, सरकारद्वारा अगाडि सारिएका ठूला पूर्वाधार आयोजनाहरू र निजी क्षेत्रको निर्माण कार्यमा देखिएको वृद्धि सिमेन्टको माग बढ्नुको अर्को कारण हो।

साथै, केही महिनायता ब्याजदर लगातार घट्दै आएकोले कर्जा लिएर घर, अपार्टमेन्ट बनाउनेको संख्यामा वृद्धि भइरहेको छ। यसले निर्माण क्षेत्रसँग सम्बन्धित सामग्रीहरुको माग पनि बढाएको छ। यही प्रवृत्तिका कारण सिमेन्ट कम्पनीहरुको वित्तीय रिपोर्टमा सुधार देखिएको हो।

विश्लेषकहरुका अनुसार, यदि ब्याजदर अझै सस्तो हुँदै गयो र निर्माण गतिविधि तीव्र बनिरह्यो भने आगामी त्रैमासमा सिमेन्ट उद्योगको नाफा र आम्दानी अझ उल्लेखनीय रूपमा बढ्न सक्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया