NIMB Header 2
Nepal Life

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

National Life
  • BFIS News
  • 2025 May 20 08:53
छ्याङ्दी हाइड्रोपावरले जेठ २३ देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
Sanima Reliance

काठमाडौं।  छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आगामी जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ।

Shikhar
NIMB

कम्पनीले हालको चुक्ता पूँजीको अनुपातमा १:१ को दरले हकप्रद शेयर बिक्री खुला गर्न लागेको हो।

यस योजनाअनुसार, कम्पनीले हाल कायम ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता पूँजी बराबरको १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। कुल शेयर निष्कासन मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ हुनेछ।

बुक क्लोज जेठ २ गते, आवेदन असार १२ सम्म

हकप्रद शेयरका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेको छ। सो अनुसार, जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर खरिद गरी नाम कायम गरेका शेयरधनीहरूले हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद असार १२ गतेसम्म कायम गरिएको छ।

कमजोर रेटिङ्ग, उच्च वित्तीय जोखिमको संकेत

हकप्रद शेयर निष्कासनको लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले छ्याङ्दी हाइड्रोपावरलाई ‘ICRA NP Issuer Rating B-’ प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धक कार्यालय, ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार–६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणाली प्रयोग गरी, वा CDSC को 'मेरो शेयर' अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हकप्रदपछि चुक्ता पूँजी ७७ करोड नाघ्ने

हकप्रद शेयर बाँडफाँटपश्चात कम्पनीको कुल चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। संकलित रकममध्ये ४ करोड रुपैयाँ माथिल्लो छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माणमा बाँकी बक्यौता तिर्न, दीर्घकालीन ऋण सावा घटाउन तथा अन्य अल्पकालीन ऋण भुक्तानीमा १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ खर्च गरिनेछ।

बाँकी १५ करोड रुपैयाँ भने भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवर्द्धन गरिरहेको ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजना निर्माणमा लगानी गर्न लिइएको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया