Nepal Life

संसदमा कांग्रेस सांसदहरूको अनुपस्थितिमा राप्रपाको आलोचना: "गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री?"

NMB Bank
  • BFIS News
  • 2025 May 20 14:03
संसदमा कांग्रेस सांसदहरूको अनुपस्थितिमा राप्रपाको आलोचना: "गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री?"
National Life

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरूको संसदमा कम उपस्थिति रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले कडा आलोचना गरेकी छिन्।

Shikhar
NIMB

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले कांग्रेस सांसदहरू संसदमा नदेखिएकोप्रति असन्तोष जनाउँदै व्यङ्ग्य गरेकी हुन्।

“आज त नेपाली कांग्रेसका माननीयज्यूहरू सात-आठ जना बाहेक देखिँदैनन्। उहाँहरू कता जानुभयो? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो?” उनले प्रश्न गरिन्।

सांसद कार्कीले कांग्रेसजस्तो ठूलो दलको संसदमा पनि ठुलो उपस्थिति हुनु जरुरी रहेको बताउँदै, “तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,” भन्दै कांग्रेसको भूमिका प्रति प्रश्न उठाइन्।

उनले संसदमा ८ जना भन्दा बढी कांग्रेस सांसदहरू नदेखिएको आरोपसमेत लगाइन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया