Nepal Life

अमेरिकी रिजर्भ बैंक फेडको नयाँ नीतिका कारण सुनको मूल्यमा गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 13:50
अमेरिकी रिजर्भ बैंक फेडको नयाँ नीतिका कारण सुनको मूल्यमा गिरावट
Sanima Reliance

काठमाडौं । अमेरिकी डलर मजवुत बन्दै गइरहेको भए पनि अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीति मार्फत ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीति लिएका कारण उत्पन्न भएको सेलिङ प्रेसरले यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा केही कमी आएको छ । यो मुल्य विश्व बजारमा विगत तीन साता यताकै कम हो ।

NIMB

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा सामान्य कमी आएको छ । तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादनमा समेत कमी ल्याएको हुनाले आगामी दिनमा सुनको मुल्यमा उतार चढाव देखिन सक्ने नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । 

उनका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९५ हजार ९ सय ३५ रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम ९६ हजार २० रुपैयाँ सम्म पुगेको थियो । त्यसपश्चात मंगलबार स्थिर रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९५ हजार ८ सय ५० रुपैयाँमा झर्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ८५ रुपैयाँले कम हो भने साताकै उच्च मुल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम १ सय ७० ले कम हो । 

यो साता नेपाली बजारमा चाँदीको मुल्य स्थिर रहेको छ । साताको पहिलो दिन १ हजार १ सय ९६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य तेस्रो दिन साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम भयो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार पुनः प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँमा झरेको छ । विश्व बजारमा चाँदीको मुल्य विगत छ महिना याताकै सस्तो भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया