NIMB Header 2
Nepal Life

एन. आर. कलेजको १७ औँ वार्षिकोत्सव सम्पन्न, सर्वाधिक धेरै विद्यार्थीलाई पास गराउने अध्यापक सम्मानित

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 16 16:56
एन. आर. कलेजको १७ औँ वार्षिकोत्सव सम्पन्न, सर्वाधिक धेरै विद्यार्थीलाई पास गराउने अध्यापक सम्मानित
Everest Bank

काठमाडौं । एन. आर. कलेजको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा शिक्षा सेवीहरूले राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्षम भए पनि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भने ध्यान नदिएको गुनासो गरेका छन् । 

Shikhar
NIMB

कक्षा १२ उत्तीर्ण गर्नासाथ विद्यार्थीहरूको ध्यान विदेश जाने क्रम बढेकाले नेपालको शिक्षा प्रणालीमा तुरुन्तै सुधार गर्नुपर्ने खाँचो पनि उनीहरूले औँल्याएका छन् । नेपालका विश्वविद्यालयले आफ्नो शिक्षा प्रणालीमा सामयिकरुपमा सुधार गर्न नसक्ने हो भने शिक्षा क्षेत्रले ठुलै चुनौतीको सामना गर्नुपर्ने चिन्ता पनि शिक्षा सेवीहरूले व्यक्त गरेका छन् । 

काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका नेपालटारमा रहेको एन. आर. कलेजको १७ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । 

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाले कलेजका धेरै किसिमका चुनौती रहे पनि सबैको साथ, सहयोगले समाधान गरेर जाने बताउनुभयो । उहाँले वार्षिकोत्सवमा आयोजित अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई प्रमाणपत्र र पदकद्वारा सम्मानित गर्नुभयो । 

यसैगरी, वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७८/२०७९ मा विभिन्न विषय अध्यापन गराएर परीक्षामा सहभागी विद्यार्थीले उत्कृष्ट अङ्क ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अध्यापकहरूलाई नगद पुरस्कारसहित प्रशंसापत्रबाट सम्मानित गरियो । यसरी सर्वाधिक नतिजा ल्याउन महत्वपुर्ण योगदान पुर्याउनेमा क्याम्पस प्रमुख राजीप धिताल, सहायक क्याम्पस प्रमुख उमेश सेढाई, प्राध्यापक श्यामकृष्ण विष्ट, मानविकी संकाय प्रमुख कृष्णराज कट्टेल समेत हुनुहुन्छ । 

त्यस्तै सम्मानित हुने अध्यापकहरुमा नारायणराज अर्याल, डा. बासुदेव काफ्ले,  बासुदेव अधिकारी, भवानी डोटेल, उज्जवल आचार्य, रघुनाथ बिडारी, नारदमुनि गौतम, सम्झना केसी, नारायण गिरी, शान्तिदेवी बस्नेत, मोहन कुमार महत, हरीराम थापा, सिर्जना लामिछाने, भगवती अधिकारी, पुष्पा अर्याल, रेशम बहादुर अधिकारी, बसन्तराज ढकाल हुनुहुन्छ । 

त्यसैगरी, कलेज स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु भएका कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनलाई पनि सम्मान गरियो । क्याम्पसका प्रिन्सिपल राजीप धितालले कलेजले भौतिक पूर्वाधारको विकासमा विशेष ध्यान दिएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग गरेर सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस सामुदायिक कलेजलाई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को प्रक्रियामा अगाडि लैजाने कार्य भइरहेको जानकारी दिनुभयो । 

कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जन, कलेज सञ्चालक समितिका सदस्य रामभक्त्त सिग्देल, प्राध्यापक श्यामकृष्ण विष्ट, अध्यापक कृष्णराज कट्टेललगायतले कलेजको शैक्षिक अवस्थाका बारेमा चर्चा गर्नुभयो । स्नातक तहमा मानविकी, शिक्षा, व्यवस्थापन सङ्काय तथा स्नातकोत्तर तहमा समाज शास्त्र र व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएसम्मको अध्यापन हुँदै आएको जानकारी कलेजले दिएको छ । 

वार्षिकोत्सको अवसरमा आयोजित अतिरिक्त प्रतियोगिता आयोजना गरिएको थियो । जस अन्तर्गत कविता लेखन तथा बाचन प्रतियोगितामा सृष्टी सुनाम परियार, द्वितीय भिमकाजी पुन र तृतिय स्थान हासिल गर्ने साजन कोइरालालाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विन्दु राना मगर, द्वितीय स्थान हासिल गर्ने सुस्मिता ढकाल र तृतिय स्थान हािसल गर्ने भीमकाजी पुनलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरियो । यसै अवसरमा आयोजना गरिएको छात्रा तर्फको दौड प्रतियोगतामा प्रथम हुने सुस्मिता ढकाल, द्वितीय हुने सविता कार्की र तृतिय हुने अनिता बस्ने त्यस्तै छात्र तर्फ प्रथम हुने विनोद तामाङ, द्वितीय हुने इश्वर थपलिया र तृतिय हुने विकास कुमार विशुङ्खेलाई सम्मान गरिएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हालिल गर्न सफल सविता कार्की, प्रकृति लामिछाने, विजय लुङ्गेली, सुसान चापागाई र सोनी पाण्डेको समुह त्यस्तै द्वितीय स्थान हालिस गर्ने सागर सापकोटा, सुस्मिता ढकाल, रश्मी माली, शुक्रराज सारथी, सुनिता शर्माको समुह प्रमाणपत्र र मेडल सहित सम्मानित भएका छन् । हाजिरीजवाफ तर्फ नै तृतिय स्थान हासिल गर्ने आशिका चौधरी, सञ्जु थापा, साजन कोइराला, मञ्जु गुरुङ्ग, एञ्जल शाहको समुहलाई पनि सम्मानित गरिएको हो । 

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको निवन्ध लेखन प्रतियोगितामा प्रथम स्थाल हासिल गर्ने शुक्रराज सारथी, द्वितीय स्थान हासिल गर्ने सुस्मिता ढकाल र तृतिय स्थान हासिल गर्ने बिनुका मगरलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया