Nepal Life

९.९९ प्रतिशतमै अटो लोन, कुन बैंकमा कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 20:29
९.९९ प्रतिशतमै अटो लोन, कुन बैंकमा कति ?
Sanima Reliance

काठमाडौै । नाडा अटोलाई केन्द्रित गर्दै बैंकहरुले कर्जामा विभिन्न अफर ल्याएका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह रोकिए सँगै बैंकहरुले गाडी कर्जामा आफुलाई केन्द्रित गरेका हुन् । 

NIMB

नबिलले पाँच वर्ष अवधिका लागि १०.४९ प्रतिशत र सात वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगत रूपमा विद्युतीय गाडी किन्नेलाई १०.४९ प्रतिशत, इन्धनबाट चल्ने गाडीमा १०.९९ प्रतिशत ब्याजदरमा अटोकर्जा दिइरहेको छ । तर, कमर्सियल प्रयोजनका लागि खरिद गरिने विद्युतीय गाडीमा ११.४९ प्रतिशत र इन्धन गाडीमा १२.४९ प्रतिशत ब्याजदर तोकेको बैंकले जनाएको छ ।

प्रभु बैंकले हुन्डाई ब्रान्डको विद्युतीय गाडी खरिद गर्नेलाई ९.९९ प्रतिशत ब्याजदरमै अटोकर्जा उपलब्ध गराएको छ । अन्य ब्रान्डका विद्युतीय गाडीमा बेस रेटमको १ प्रतिशत प्रिमियम जोडेर अटोकर्जा दिएको छ । हिमालयन बैंकले विद्युतीय गाडी खरिद गर्नेका लागि बेस रेटमा १.१२ प्रतिशत प्रिमियम थपेर आठ वर्षको फिक्स रेटको अटो लोन दिएको छ । यस्तै, सानिमा बैंकले १०.९९ प्रतिशतमा सात वर्षसम्मको फिक्स दरको अटो लोन दिँदा लक्ष्मी सन्राइजले विद्युतीय गाडी खरिद गर्नेलाई बेस रेटमा एक प्रतिशत र इन्धन गाडी खरिद गर्नेलाई बेस रेटमा १.५ प्रतिशत मात्रै प्रिमियम थपेर कर्जा दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया