काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बन
- BFIS News
- 2025 Jun 03 17:30
काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।
गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध भएको भन्दै पाण्डेसँग स्पष्टीकरण माग गरेका थिए। तर, पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि उनलाई कारबाहीस्वरूप निलम्बन गरिएको बुझिएको छ।
महानगर स्रोतका अनुसार उक्त निलम्बन निर्णय प्रशासनिक अधिकार अन्तर्गत गरिएको हो। पाण्डे निलम्बनमा परेपछि हाल नगर प्रहरीको नेतृत्वको जिम्मा कसलाई दिइने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया