Nepal Life

आधा दर्जन बैंकले ब्याजदर घटाउदा ५ वटाले बढाए, कसको कति ?

National Life
  • BFIS News
  • 2023 Sep Sun 11:43
आधा दर्जन बैंकले ब्याजदर घटाउदा ५ वटाले बढाए, कसको कति ?
RBB

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये ६ वटाले असोज महिनाका लागि निक्षेपको व्याजदर बढाएका छन् । त्यस्तै ५ वटाले भने घटाएका छन् । अधिकाम्स बैंकहरुले भने भदौ महिनाकै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । 

NIMB

असोज महिनामा बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम ११.०५४ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन् भने संस्थागत तर्फ भने ९.०५४ प्रतिशत ब्याज दिने छन् । 

असोजका लागि प्रभु बैंक, एनएमबि, माछापुच्छ्रे र सिद्धार्थ बैंकले भदौ महिनाकै ब्याजदर कायम गरेका छन् । असोजमा प्रभुले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, एनएमबिले व्यक्तिगत तर्फ ९.९९ प्रशित र संस्थागत तर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

असोज महिनाका लागि पाँच वटा बैंकहरुले ब्याजदर बढाएका छन् । भदौ महिनाको तुलनामा हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम र नबिल बैंकले ब्याजदर वृद्धि गरेका छन् ।

हिमालयन बैंकले असोजका लागि १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो ।

असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.३५८ प्रतिशत र व्यक्तिगत तर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।

असोज महिनाका लागि लागू ब्याजदरमा आधा दर्जन बैंकले घटाएर सार्वजनिक गरेका छन् । नेपाल बैंक, सिजिटन, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएका हुन् ।

भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दति निक्षेपको व्यक्तिगत तर्फ ९.२९३ प्रतिशत र संस्थागत तर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, सिटिजन बैंकले पनि असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागत तर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। जुन, भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले घटेको हो ।

यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यता, ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागत तर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो । यस्तै, कृषि विकास बैंकले पनि ०.८९ प्रतिशत, सानिमाले ०.९५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया