NIMB Header 2
Nepal Life

नेपालका राष्ट्रपति समक्ष केन्याका राजदूतको ओहोदाको प्रमाणपत्र पेश, अवैतनिक दूतावास कार्यालयको उद्घाटन

National Life
  • BFIS News
  • 2025 Jun 04 11:46
नेपालका राष्ट्रपति समक्ष केन्याका राजदूतको ओहोदाको प्रमाणपत्र पेश, अवैतनिक दूतावास कार्यालयको उद्घाटन
Sanima Reliance

काठमाडौं । केन्याका महामहिम राजदूत (उच्च्युक्त) पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

Shikhar
NIMB

त्यसै दिन महामहिम मून्यीरीले काठमाडौंको कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन गरेका छन्।

उद्घाटन पश्चात अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको आयोजनामा विशेष समारोहसमेत सम्पन्न भयो। उक्त समारोहमा महामहिम मून्यीरीको अध्यक्षतामा नेपाल–केन्या सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

दुबै देशबीच व्यापार प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा विविध क्षेत्रीय सहकार्य विस्तारमा सक्रिय पहल गरिने उद्घोष गरिएको थियो। नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया