Nepal Life

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित, धान खेती नगर्ने चेतावनी

RBB
  • BFIS News
  • 2025 Jun Thu 10:27
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित, धान खेती नगर्ने चेतावनी
Shikhar detail

चितवन । सरकारले तोकेको समर्थन मूल्य नपाउँदा चितवनका किसानहरू चिन्तित भएका छन्।

NIMB

सरकारद्वारा चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ निर्धारण गरिए पनि किसानहरूलाई प्रतिक्विन्टल १ हजारदेखि १ हजार ८ सय रुपैयाँमा धान बेच्न बाध्य बनाइएको छ।

समयमै समर्थन मूल्य नपाएकोमा किसानहरू निराश भएको र केहीले त आगामी वर्षदेखि चैते धान नखेती गर्ने निर्णयमा पुगेको बताएका छन्।

खैरहनी नगरपालिका–१० का कृषक कृष्ण अर्यालले दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरे पनि बजारमा न्यून मूल्य पाएकाले निराश भएको बताउनुभयो। उहाँले अबको वर्षदेखि चैते धान खेती नगर्ने विचार बनाइसक्नुभएको छ।

यस्तै, राप्ती नगरपालिका–५ का धर्मराज कँडेलले पनि मूल्य नपाएर धान बेच्न बाध्य हुनु परेको गुनासो गर्नुभयो। जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले सरकारलाई अविलम्ब समर्थन मूल्य तोक्न माग गर्नुभयो।

चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका केही क्षेत्रमा चैते धान खेती हुने गरेको छ। तर समर्थन मूल्यको अभावमा किसानहरू हतोत्साहित बनेका छन्।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय व्यापारीको दबाबका कारण किसानले उचित मूल्य नपाएको बताए। सरोकारवालाबीच छलफल भइरहेको जानकारी दिँदै उहाँले चाँडै समाधानको बाटो निस्कने विश्वास व्यक्त गर्नुभयो।

चितवनमा यस वर्ष करिब १० हजार हेक्टरमा चैते धान खेती गरिएको छ। गत वर्ष ९ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो र त्यसबाट ५९ हजार ५१९ मेट्रिक टन धान उत्पादन भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया