NIMB Header 2
Nepal Life

मनसुनसँगै विद्युत् उत्पादनमा वृद्धि, अब झ्याप–झ्याप गरेर बिजुली नजाने

National Life
  • BFIS News
  • 2025 Jun 05 11:30
मनसुनसँगै विद्युत् उत्पादनमा वृद्धि, अब झ्याप–झ्याप गरेर बिजुली नजाने
Sanima Reliance

काठमाडौं।  समयभन्दा १५ दिनअघि भित्रिएको मनसुनसँगै देशभर विद्युत् उत्पादन बढ्न थालेको छ। वर्षाका कारण खोला–नालामा पानीको सतह बढेपछि जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन्।

Shikhar
NIMB

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो एक हप्तादेखि उत्पादन क्रमशः बढ्दै गएको छ। हिउँदयाममा विद्युत् आपूर्ति धान्न प्रयोग हुने कुलेखानी जलाशययुक्त आयोजना समेत हाल सञ्चालनमा छैन, जुन उत्पादन पर्याप्त भएको संकेत हो।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बिहान र साँझको पिक आवरमा विद्युत् लोड २,२०० मेगावाट पुगिरहेको छ। उनका अनुसार, दुई हप्ताअघि मात्रै माग धान्न हम्मेहम्मे परेको प्राधिकरण अहिले देशभरको माग पूर्ति गर्न सक्षम भएको छ।

"बर्खायाम सुरु भएसँगै क्रमिक रूपमा विद्युत् उत्पादन बढिरहेको छ," प्रवक्ता ढकालले बताए, "पिक आवरमा २,२०० मेगावाटसम्म खपत भइरहेको छ र त्यसलाई पूर्ति गर्न सकिएको छ। अब झ्याप–झ्याप गरेर बिजुली जाने अवस्था छैन।"

विद्युत् आपूर्ति थप मजबुत बनाउन प्राधिकरणले औसतमा प्रतिघण्टा ४ हजार मेगावाट बराबरको बिजुली भारतबाट आयात गरिरहेको जानकारी समेत दिइएको छ। उता, रियल टाइममा प्रतिघण्टा २ हजार मेगावाट बराबरको बिजुली भारतमै निर्यात समेत भइरहेको छ।

हालसम्म प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा ३ हजार ५६५ मेगावाट विद्युत् जडान भइसकेको छ। मनसुनले जल स्रोतमा जीवन ल्याएसँगै देशमा ऊर्जा आपूर्ति पनि सहज बन्दै गएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया