NIMB Header 2
Nepal Life

छ्याङ्दी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला, असार १२ सम्म आवेदन दिन सकिने

National Life
  • BFIS News
  • 2025 Jun 06 10:31
छ्याङ्दी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला, असार १२ सम्म आवेदन दिन सकिने
Sanima Reliance

काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आजदेखि (जेठ २३ गते) आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। यसअघि, हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो। यस अनुसार, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम म्याद असार १२ गतेसम्म तोकिएको छ।

हकप्रद शेयर निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एपी इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले ग्लोबल आइएमई बैंकका निम्न शाखाहरूबाट आवेदन दिन सक्नेछन्:

  • बेसीशहर

  • सुन्दरबजार–६ मिलनचोक

  • भोर्लेटार–८ बसपार्क

  • सिउँडीबार सुन्दरबजार–९

  • उदिपुर

  • दोर्दी शाखा कार्यालयहरू

यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत, वा CDSC द्वारा निर्मित 'मेरो शेयर' सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपश्चात यो पूँजी दोब्बर भई ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

यस हकप्रद निष्कासनबाट संकलन हुने रकममध्ये:

  • ४ करोड रुपैयाँ ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना अन्तर्गत बाँकी भुक्तानीका लागि,

  • १९ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ दीर्घकालीन र अल्पकालीन ऋणको सावा र ब्याज भुक्तानीका लागि,

  • बाँकी १५ करोड रुपैयाँ भिजन इनर्जी एण्ड पावर लिमिटेडद्वारा प्रवर्द्धित ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनामा लगानी भुक्तानीका लागि प्रयोग गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया