Nepal Life

पिपुल्स पावर कम्पनीले ५०% हकप्रद शेयर निष्कासनका लागि असार २ गते बुकक्लोज गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 06 10:48
पिपुल्स पावर कम्पनीले ५०% हकप्रद शेयर निष्कासनका लागि असार २ गते बुकक्लोज गर्ने
National Life

काठमाडौँ । पिपुल्स पावर कम्पनी लिमिटेड (PPL) ले हकप्रद शेयर निष्कासनको तयारीस्वरूप बुकक्लोज मिति तोकेको छ।

Shikhar
NIMB

कम्पनीले असार २ गते (सोमबार) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार, असार १ गते (आईतबार) सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:०.५ को दरले अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजना ल्याएको हो। यस अन्तर्गत, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यो निष्कासनबाट संकलन हुने रकम कम्पनीको चालु तथा प्रस्तावित आयोजना, वित्तीय व्यवस्थापन तथा पूँजी मजबूतीका लागि प्रयोग गरिने अपेक्षा गरिएको छ।

हकप्रद शेयरसम्बन्धी थप विवरण तथा आवेदन प्रक्रिया कम्पनीले नियामक निकायबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया