NIMB Header 2
Nepal Life

ट्रम्प प्रशासनद्वारा नेपालीका लागि टीपीएस सुविधा अन्त्य, ७ हजारले अमेरिका छोड्नुपर्ने सम्भावना

National Life
  • BFIS News
  • 2025 Jun 06 11:52
ट्रम्प प्रशासनद्वारा नेपालीका लागि टीपीएस सुविधा अन्त्य, ७ हजारले अमेरिका छोड्नुपर्ने सम्भावना
Sanima Reliance

काठमाडौं । ट्रम्प प्रशासनले सन् २०१५ मा विनाशकारी भूकम्पपछि हजारौं नेपालीलाई प्रदान गर्दै आएको अस्थायी सुरक्षा सुविधा, टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस), खारेज गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागका सचिव क्रिस्टी नोएमले नेपालले भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरेको निष्कर्षसहित टीपीएस सुविधा अब आवश्यक नरहेको बताएकी हुन्।

टीपीएस खारेजीको निर्णय ६० दिनपछि लागू
होमल्यान्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा नेपालमा विपद्‌ व्यवस्थापन र पुनर्निर्माण क्षमतामा सुधार आएको उल्लेख गर्दै बसोबासका लागि अब नेपाल उपयुक्त रहेको उल्लेख गरिएको छ। सोही आधारमा टीपीएस सुविधा ६० दिनपछि औपचारिक रूपमा खारेज हुनेछ।

विभागका अनुसार हाल अमेरिकामा करिब १२,७०० नेपाली नागरिक टीपीएस अन्तर्गत बसोबास गरिरहेका छन्। तीमध्ये करिब ५,५०० जनाले स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) प्राप्त गरिसकेका छन् भने बाँकी करिब ७ हजार नेपालीले अब अमेरिका छोड्नुपर्ने वा आप्रवासन स्थिति परिवर्तन गर्नुपर्ने हुन्छ। उनीहरूलाई २०२५ अगस्ट ५ सम्मको समय दिइनेछ।

निष्कासनको जोखिम
निर्धारित समयभित्र स्थिति नबदलिएको खण्डमा उनीहरू अमेरिका सरकारले निष्कासनको प्रक्रियामा ल्याउन सक्ने रोयटर्सले जनाएको छ।

टीपीएस कार्यक्रमअन्तर्गत युद्ध, प्राकृतिक प्रकोप वा अन्य गम्भीर संकटबाट प्रभावित देशका नागरिकहरूलाई अमेरिका भित्रै रहन, काम गर्न र निष्कासनबाट जोगिने कानुनी सुरक्षा दिइन्छ। नेपालका लागि उक्त सुविधा अब अन्त्य हुन लागेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया