Nepal Life

हरितालिका तीजको पुर्वसन्ध्यामा शेयर राताम्मे, व्याजदर थप बढ्ने संकेत सँगै लगानीकर्ता निरुत्साहित

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 15:09
हरितालिका तीजको पुर्वसन्ध्यामा शेयर राताम्मे, व्याजदर थप बढ्ने संकेत सँगै लगानीकर्ता निरुत्साहित
Sanima Reliance

काठमाडौं । हिन्दु नारिहरुको महानपर्व हरितालिका तीजको पुर्व सन्ध्यामा शेयर बजार राताम्मे भएको छ । सरकारले बैंकहरुलाई स्थानीय तहको कोषको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिदा समेत व्याजदर बढे पछि लगानीकर्ता निरुत्साहित भएका हुन् । 

 

NIMB

आज केहि बैंकले व्याजदर घटाए पनि ६ वटाले बढाएका छन् भने केहिको स्थिर देखिएको छ । सरकारले गत साता मात्रै स्थानीय तहको कोषको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको थियो । यसले बैंकहरुको अन्तर बैंक व्याजदर घट्ने र व्याजदरमा केहि सहजता ल्याउने अनुमान गरिएको थियो । 

त्यसैले गर्दा आज साताको पहिलो कारोबारकै दिन नेप्से सूचक ४२.१४ अंकले घटेको छ । आज जम्मा ११ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सूचक घटे पनि कारोबार रकममा भने केहि आशा देखिएको छ । आज २ अर्बको कारोबार भयो । साविकका दिनमा एक अर्ब हाराहारीमा कारोबार हुँदै आएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया