NIMB Header 2
Nepal Life

पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सारको राजस्व संकलन

National Life
  • BFIS News
  • 2025 Jun 09 12:03
पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर वीरगञ्ज भन्सारको राजस्व संकलन
Sanima Reliance

वीरगञ्ज।  चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ।

Shikhar
NIMB

भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोलियमजन्य पाँच प्रकारका वस्तुहरू आयात गर्दा कुल रु ६५ अर्ब ५० करोड बराबरको राजस्व संकलन भएको हो।

कार्यालयका प्रमुख भन्सार अधिकृत दीपक लामिछानेका अनुसार, उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातमा मात्र रु १ खर्ब ५५ अर्ब ९४ करोड खर्च भएको छ। कुल भन्सार राजस्वमा पेट्रोलियम पदार्थको योगदान ४६.२६ प्रतिशत रहेको उनले जानकारी दिए।

पेट्रोलियमपछि सबैभन्दा धेरै राजस्व सवारीसाधन र तिनका पार्टपुर्जाको आयातबाट संकलन गरिएको छ। सवारीसाधन तथा पार्टपुर्जाबाट रु १५ अर्ब २४ करोड राजस्व संकलन भएको छ, जसले कुल भन्सार राजस्वमा १०.९३ प्रतिशत योगदान पुर्‍याएको छ।

यसैगरी, फलाम तथा फलामजन्य वस्तुको आयातबाट रु ५ अर्ब २५ करोड, मेसिनरी र तिनका पार्टपुर्जाबाट रु ४ अर्ब ५५ करोड, र विद्युतीय उपकरण तथा तिनका सामानबाट रु ३ अर्ब ३७ करोड राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

हालको आर्थिक वर्षको पहिलो १० महिनामा कपडाको आयातबाट रु २ अर्ब ८७ करोड राजस्व संकलन भएको छ। अन्य प्रमुख राजस्व स्रोतहरूमा सुर्तीजन्य पदार्थको आयातबाट रु २ अर्ब २३ करोड र कस्मेटिक सामग्रीको आयातबाट रु २ अर्ब २२ करोड राजस्व संकलन गरिएको छ।

लामिछानेका अनुसार, वीरगञ्ज भन्सार कार्यालय मुलुकको प्रमुख भन्सार बिन्दुका रूपमा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया