NIMB Header 2
Nepal Life

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक ३० मिनेटका लागि स्थगित

National Life
  • BFIS News
  • 2025 Jun 09 16:17
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक ३० मिनेटका लागि स्थगित
Sanima Reliance

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

Shikhar
NIMB

बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने समय दिने प्रस्ताव राखेका थिए। तर, विपक्षी दलहरुले अस्वीकार गर्दै संसदको कारवाही अघि बढ्न दिएनन्।

बैठक सुरु हुनासाथ नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु उठेर विरोध जनाएका थिए। निरन्तरको अवरोधपछि सभामुख घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया