Nepal Life

पहिलो दिनमै ३३ हजार ३९५ जनाले बेचे रिलायन्स लाइफको आइपिओ, म्युचुअल फण्ड पनि थामिन सकेनन्

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 16:48
पहिलो दिनमै ३३ हजार ३९५ जनाले बेचे रिलायन्स लाइफको आइपिओ, म्युचुअल फण्ड पनि थामिन सकेनन्
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर पहिलो  दिनमै २४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । प्राथमिक बजारबाट शेयर खरिद गरेका ३३ हजार ३९५ लगानीकर्ताले एक दिन पनि होल्ड नगरी बिक्री गरिदिएका छन् । जसमा केहि म्युचुअल फण्ड पनि रहेका छन् । यस पटक अधिकाम्स म्युचुअल फण्डले पहिलो दिनमै शेयर बिक्री नगरि होल्ड बसेका छन् यद्यपी केहि म्युचुअल फण्डले भने पहिलो दिनमै शेयर बिक्री गरिदिएका छन् ।

NIMB

नेप्सेले उपलब्ध गराएको तथ्याङ्क अनुसार एउटा म्युचुअल फण्डले ५३५ रुपैयाँको दरमा ११ हजार कित्ता शेयर बिक्री गरिदिएको छ । यस भन्दा अगाडी म्युचुअल फण्डले आरक्षणमा पाएको शेयर तत्कालन बिक्री गरेको पाइए पछि लगानीकर्ताले आक्रोस पोखेका थिए । उनिहरुको आक्रोसलाई संबोधन गर्दै धितोपत्र बोर्डले यसमा केहि परिमार्जन गर्न आवश्यक रहेको भन्दै अभिव्यक्ति नै दिएको छ ।

त्यस्तै अर्को म्युचुअल फण्डले पनि ५३५ रुपैयाँकै दरले ४६०१ कित्ता शेयर बिक्री गर्यो । ब्रोकरहरुले अलि अलि गरेर शेयर बिक्री गरेको देख्न सकिन्छ । वैदेशिक रोजगारमा गएका नेपालीले पनि शेयर बिक्री गरेको देख्न सकिन्छ । यसमा म्युचुअल फण्डहरुले नै चलाखी गरेर ५०/१०० कित्ताका दरले शेयर बिक्री गरेका छन् ।

आज एकै दिन ४ लाख ८७ हजार कित्ताको शेयर खरिद बिक्री भयो । कम्पनीले १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँको दरले शेयर बिक्री गरेको थियो । लगात नै २५७ रुपैयाँ परेकाले भोलिका दिनमा बजार अझै तल झर्न सक्ने अनुमान लगाउदै लगानीर्ताले सुरुमै नाफा बुक गरेका हुन् । प्रति कित्ता ५०० रुपैयाँमै बिक्री गर्नेले पनि प्रति कित्ता २४३ रुपैयाँ फाइदा हुन्छ । १० कित्ता शेयर पाउनेले आझै २४३० रुपैयाँ कमाए । भोलिका दिनमा यो भन्दा पनि बढ्दैन भन्ने अनुमान लगाउनेले आजै शेयर खरिद बिक्री गर्छन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया