Nepal Life

शिखर इन्स्योरेन्सको ऐतिहासिक सफलता, बीमा शुल्क आर्जनमा पुनः ५०० करोडको आँकडा पार गर्ने पहिलो कम्पनी

RBB
  • BFIS News
  • 2025 Jun Tue 05:01
शिखर इन्स्योरेन्सको ऐतिहासिक सफलता, बीमा शुल्क आर्जनमा पुनः ५०० करोडको आँकडा पार गर्ने पहिलो कम्पनी
Shikhar detail

काठमाडौं। नेपाली निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्स लिमिटेडले पुनः एक ऐतिहासिक सफलता हासिल गर्दै रु. ५०० करोडको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो तथा हालसम्मकै एकमात्र बीमा कम्पनी बन्न सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्षमा यो रेकर्डलाई अझ माथि उपुर्याउने देखिएको छ। अझै एक महिना भन्दा धेरै समय रहेकोले कम्पनीले आफ्नो रेकर्डलाई तोड्ने देखिएको हो। 

NIMB

यो महत्त्वपूर्ण उपलब्धिको पछाडि आफ्ना ग्राहक महानुभावहरूको अपार भरोसा, कर्मचारी वर्गको अथक प्रयास, तथा शुभचिन्तकहरूको निरन्तर समर्थन रहेको कम्पनीले जनाएको छ। कम्पनीले सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा झन उत्कृष्ट बीमा सेवा प्रदान गर्ने दृढ प्रण पनि व्यक्त गरेको छ।

शिखर इन्स्योरेन्सको यात्रा सुरुवाती चरणदेखि नै उल्लेखनीय रहँदै आएको छ। पहिलो वर्ष ८ महिनाको व्यापारबाट कम्पनीले १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। त्यसपछि दोस्रो आर्थिक वर्षमा यो रकम २४ करोड पुग्यो भने तेस्रो वर्षमा ३३ करोड र चौथो वर्षमा ४२ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै कम्पनी बीमा उद्योगमै अग्रणी स्थानमा उक्लन सफल भयो।

कम्पनीले सुरुवाती समयमै इन्ड्रष्ट्री टप गर्नुको पछाडि उच्च व्यवस्थापन तहका अनुभवी व्यक्तिहरुको अथक मिहिनेत र उहाँहरुले कमाएको गुडविल नै प्रमुख कारण हो, जसले बजारमा बलियो छवि निर्माण गर्न सफल भएको महाप्रवन्धक उदित प्रसाद काफ्लेले बताए। 

यद्यपि त्यसपछिका दुई वर्ष कम्पनी दोस्रो स्थानमा झर्नु पर्यो र त्यसको अर्को वर्षमा तेस्रो स्थानमा पुगेको थियो। तर, प्रतिस्पर्धी पहिलो कम्पनीसँग ठूलो अन्तर भने थिएन। बीमा शुल्कको वृद्धि दर भने लगातार उकालो लागिरहेको थियो।

यसपछि कम्पनीले रणनीति परिवर्तन गर्ने निर्णय गर्यो, जुन रणनीतिले २०६८/६९ सालदेखि हालसम्म लगातार प्रथम स्थान कायम राख्न सफल भएको छ। पछिल्ला २१ वर्षको यात्रामा शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जनमा १५ पटक प्रथम स्थान हासिल गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा अग्रणी पहिचान बनाएको छ।

शिखर इन्स्योरेन्सले यो सफलताको अवसरमा सबैको निरन्तर साथ र समर्थनको कदर गर्दै आगामी दिनहरूमा अझ नयाँ उचाइमा पुग्ने अठोट जनाएको छ।

यो पनि पढ्नुहोस्

शिखर इन्स्योरेन्सका ब्याकबोन 'उदित काफ्ले', कम्पनीको हरेक सूचकलाई नम्बरवान बनाउन 'डे वान'देखि अथक मेहनत

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार