NIMB Header 2
Nepal Life

नेपाली क्रिकेट टोली आज नेदरल्यान्ड्ससँग निर्णायक खेलमा भिड्दै

National Life
  • BFIS News
  • 2025 Jun 10 06:45
नेपाली क्रिकेट टोली आज नेदरल्यान्ड्ससँग निर्णायक खेलमा भिड्दै
Sanima Reliance

काठमाडौँ, जेठ २७।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज महत्त्वपूर्ण खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी ३:४५ बजे सुरु हुनेछ।

Shikhar
NIMB

यो प्रतियोगितामा नेपाली टोलीले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। घरेलु टोली स्कटल्याण्डसँग भएका दुवै खेल रोमाञ्चक बनेका थिए— पहिलो खेलमा नेपालले अन्तिम बलमा एक विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो भने दोस्रो खेलमा ३२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र २ रनले हार्न पुग्यो।

नेदरल्यान्ड्सविरुद्ध यसअघि भएको खेलमा नेपालले १७ बल बाँकी छँदै पाँच विकेटले सहज जित निकालेको थियो।

हालसम्म १५ खेल खेलिसकेको नेपाल लिगको अंकतालिकामा आठमध्ये सातौँ स्थानमा १० अंकसहित रहेको छ। त्यसैले आजको खेल नेपालका लागि अति नै महत्त्वपूर्ण मानिएको छ, जसले अंक तालिकामा सुधार गर्ने अवसर प्रदान गर्न सक्छ।

नेदरल्यान्ड्सले भने २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहँदै प्रतियोगिता खेलिरहेको छ। यद्यपि, उनीहरू पछिल्ला तीन खेलमा पराजित भएका छन्। प्रतियोगिताको शीर्ष स्थानमा २० खेलमा २८ अंक जोड्दै संयुक्त राज्य अमेरिका रहेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ आठ राष्ट्रबीच सञ्चालन भइरहेको छ, जसले सन् २०२७ को एकदिवसीय विश्वकपमा स्थान बनाउने प्रक्रियाको हिस्सा हो। यस श्रृङ्खलामा हुने प्रत्येक खेल निर्णायक मानिएको छ, जसले टोलीहरूको भविष्य तय गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया