NIMB Header 2
Nepal Life

एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर, सुपरभाइजरदेखि अफिसरसम्ममा आवेदन दिन मिल्ने

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 11 14:11
एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर, सुपरभाइजरदेखि अफिसरसम्ममा आवेदन दिन मिल्ने
Everest Bank

काठमाडौं। एनआईसी एशिया बैंकको सहायक संस्था एनआईसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ।

Shikhar
NIMB

क्यापिटलले व्यवसाय विकास विभाग (Business Development Department)का लागि केहि संख्यामा कर्मचारी माग गरेको हो। अफिसर लेभलका लागि आह्वान गरिएको यस पदमा न्यूनतम योग्यता र अनुभव, मार्केटिङ/म्यानेजमेन्ट वा सो सरहको विषयमा कम्तीमा स्नातक तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ। स्नातक तहका उम्मेदवारले कम्तीमा ५ वर्ष र स्नातकोत्तर तहका उम्मेदवारले कम्तीमा २ वर्षको इन्भेस्टमेन्ट बैंकिङ/मर्चेन्ट बैंकिङको अनुभव प्राप्त गरेको हुनुपर्छ।

मर्चेन्ट बैंकिङ विभाग (Merchant Banking Department)मा सुपरभाइजरदेखि अफिसर लेभलसम्म विज्ञापन खुला गरिन्छ। यसका लागि न्यूनतम योग्यता र अनुभव: म्यानेजमेन्ट वा सो सरहको विषयमा स्नातक तहको अध्ययन वा अर्ध-प्रशिक्षित चार्टर्ड एकाउन्टेन्ट, स्नातक तहका उम्मेदवारले कम्तीमा ५ वर्ष र स्नातकोत्तर तहका उम्मेदवारले कम्तीमा २ वर्षको इन्भेस्टमेन्ट बैंकिङ/मर्चेन्ट बैंकिङको अनुभव हुनु पर्नेछ।

कानुनी विभाग (Legal Department)मा एक जना अफिसर तहको कर्मचारी माग गरिएको छ। न्यूनतम योग्यता र अनुभव: मास्टर अफ लअ (LLM) पूरा गरेको र मर्जर एण्ड एक्विजिशन, प्राइभेट प्लेसमेन्ट, फण्ड रेजिङ, रेगुलेटरी, कम्प्लायन्स लगायतका सम्बन्धित क्षेत्रको राम्रो जानकारीसहित सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ।

अनुसन्धान / कर्पोरेट सल्लाहकार विभाग (Research / Corporate Advisory Department) मा केहि संख्यामा अफसर पदमा कर्मचारी माग गरिएको छ। न्यूनतम योग्यता र अनुभव: व्यवस्थापन वा सो सरहको विषयमा कम्तीमा स्नातक तहको अध्ययन गरेको हुनु पर्छ त्यस्तै CFA उमेदवारलाई प्राथमिकता दिइने क्यापिटलले जनाएको छ। स्नातक तहका उम्मेदवारले पूँजी बजार वा बैंकिङ क्षेत्रमा कम्तीमा ५ वर्ष र स्नातकोत्तर तहका उम्मेदवारले कम्तीमा २ वर्षको व्यावसायिक अनुभव प्राप्त गरेको हुनुपर्छ।

आवेदन दिने तरिका:

इच्छुक उम्मेदवारहरूले [www.nicasiacapital.com](http://www.nicasiacapital.com) मा लगइन गरी “Career” सेक्सनमा क्लिक गरेर आवश्यक कागजातहरू (अपडेटेड रिजुमे, नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रहरू) अपलोड गरी आवेदन दिन सक्ने छन्। वा [[email protected]](mailto:[email protected]) मा इमेल मार्फत पनि पठाउन सकिनेछ। आवेदन दिने अन्तिम मिति २०८२ असार १२ गते (June 27, 2025) सम्म रहेको छ। केवल Short list मा परेका उम्मेदवारहरूलाई मात्रै छनोट प्रक्रियाका लागि सम्पर्क गरिने क्यापिटलले जनाएको छ।

एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर, सुपरभाइजरदेखि अफिसरसम्ममा आवेदन दिन मिल्ने

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया