NIMB Header 2
Nepal Life

तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

National Life
  • BFIS News
  • 2025 Jun 12 12:19
तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै
Sanima Reliance

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता (१:१) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

४० लाख कित्ता हकप्रद शेयर निष्काशन हुँदै

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुनेछ। यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन ४ गतेसम्म

हकप्रद शेयरका लागि साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिने प्रक्रिया नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत हुनेछ, जुन यस निष्काशनको बिक्री प्रबन्धक हो। शेयरधनीहरुले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप तथा संक्रान्तिबजारे शाखा, साथै कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

इक्रा नेपालबाट डबल बी रेटिङ

हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्रा एपी इस्यूअर रेटिङ्ग डबल बी (ICRA NP BB)” प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

चुक्ता पूँजी ८० करोड पुग्ने

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि यो ८० करोड रुपैयाँ पुग्नेछ।

ऋण भुक्तानीमा प्रयोग हुनेछ संकलित रकम

हकप्रद शेयरबाट संकलन हुने रकम कम्पनीले तीन वटा बैंकमा रहेको ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्नेछ। कम्पनीले माछापुच्छ्रे बैंकलाई १६ करोड, १२–१२ करोड रुपैयाँ नबिल बैंक र ग्लोबल आइएमई बैंक मा भुक्तानी गरिनेछ। यो हकप्रद निष्काशनमार्फत कम्पनीले आफ्नो वित्तीय स्थायित्व सुदृढ पार्ने लक्ष्य राखेको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार