Nepal Life

इजरायलको इरानमाथि आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उच्च विन्दुमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 13:02
इजरायलको इरानमाथि आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उच्च विन्दुमा
National Life

काठमाडौं। इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।

Shikhar
NIMB

मध्यपूर्वमा चर्किएको तनावका कारण शुक्रबार एकै दिन ९ प्रतिशतभन्दा बढीको उछाल आएर कच्चा तेलको भाउ पाँच महिनायताकै उच्च विन्दुमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

विश्वव्यापी तेल आपूर्तिमा अवरोधको आशंकासँगै अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य ६.२९ डलरले (९.०७%) बढेर प्रति ब्यारेल ७५.६५ डलर पुगेको छ। कारोबारको क्रममा यो मूल्य एकबेला ७८.५० डलरसम्म पुगेको थियो, जुन जनवरी २७ यताकै उच्च हो।

त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई) क्रुडको मूल्य ६.४३ डलरले (९.४५%) बढेर प्रति ब्यारेल ७४.४७ डलर पुगेको थियो। इंट्राडे कारोबारमा यो ७७.६२ डलरसम्म पुगेको थियो, जुन जनवरी २१ यताकै उच्च विन्दु हो।

विश्लेषकहरूका अनुसार, शुक्रबारको मूल्य वृद्धि सन् २०२२ यताकै सबैभन्दा ठूलो इन्ट्राडे वृद्धि हो। २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्तै प्रकृतिको मूल्य वृद्धिको लहर आएको थियो।

इजरायलले शुक्रबार इरानका आणविक केन्द्र, ब्यालिस्टिक मिसाइल निर्माणस्थल र सैन्य कमाण्डरहरूलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ। यससँगै, इजरायलले तेहरानलाई आणविक हतियार निर्माणबाट रोक्न दीर्घकालीन अभियान सुरु गरिएको चेतावनी पनि दिएको छ।

यसले भूराजनीतिक अनिश्चितता थप चुलिएको विश्लेषण गरिएको छ। आपूर्तिमा प्रभाव पर्ने नपर्ने भन्ने विषय भने इरानको प्रतिक्रिया र अमेरिकी हस्तक्षेपमा निर्भर हुने सिंगापुरस्थित व्यापारीहरूले बताएका छन्।

आइएनजी का विश्लेषक वारेन प्याटरसनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, "बढ्दो तनाव र सम्भावित आपूर्ति अवरोधका कारण अब तेल बजारले जोखिमको मूल्य पनि समेट्नुपर्ने अवस्था आएको छ।"

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया